काठमाडौँ- दाङको राप्ती नदीमा बस खसेर दुर्घटना हुँदा घाइते भएका सबै २३ जनाकै परिचय खुलेको छ।
गएराति नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस दाङको राप्ति गाउँपालिकास्थित राप्ती नदीको पुलबाट खसेर दुर्घटना भएको थियो।
दाङका डिएसपी जनक मल्लका अनुसार बसमा सवार ३५ यात्रुमध्ये १२ जनाको मृत्यु भएको र घाइते २३ जनाकै परिचय खुलेको छ।
दुर्घटनाका घाइते मध्ये १४ जनालाई बाँकेको कोहलपुरस्थित मेडिकल कलेज, ७ जनालाई बुटवल र दुई जनाको दाङमै उपचार भइरहेको छ।
कोहलपुर मेडिकल कलेजमा उपचाररत घाइते:
बसका सहचालक बाँकेको राप्तीसोनारी गाउँपालिका-२ का ३१ वर्षीय कुलबहादुर गोसाई
बाँकेको नेपालगंज उपमहानगरपालिका – १९ का ३५ बर्षीय लिला वली
सहचालक बाँकेको बैजापर गाउँपालिका – ३ का २१ बर्षीय शंकर थारु
भारतको बहराईज मटेराका २८ बर्षीय राहुल कुमार यादव
भारत मटेराकै २० बर्षीय छोटी सलौटा
कालिकोटको माहाबै गाउँपालिका – ५ का ४५ बर्षीय तिलकप्रसाद उपाध्याय
बाँकेको नेपालगंज उपमहानगरपालिका – १२ का २४ बर्षीय आसतोस गौतम
बाँकेको डुडुवा गाउँपालिका– १ का २५ को मोहमद जावेद
नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत
बर्दियाका २२ बर्षीय साजिव थारु
बाँकेका १८ बर्षीइ दशरथ विक
बाँकेकै १९ बर्षीय निफख खान
डोल्पाका ३५ बर्षीय धनकली बढा
बाँकेका २० बर्षीय कोरिन्जन कोरी
बाँकेका २० बर्षीय अवाज नाउ
नेपालगञ्जमा उपचाररतहरूको पूरा ठेगाना खुलिसकेको छैन।
बुटवल पठाइएका घाइतेहरू:
घाइतेमध्ये ७ जनालाई बुटवल पठाइएको छ।
काठमाडौंको चाविहलका ४४ बर्षीय सुवाश सार्की
रौतहटका २६ बर्षीय संजय कार्की
जुम्लाका १९ बर्षीय विशाल बोहोरा
काठमाडौंकै ११ बर्षीया आज्ञा पाण्डे
३८ बर्षीया मञ्जु शर्मा
२३ वर्षीया सन्जु बढवाल
४५ वर्षीया राधा पाण्डे छन्।
जुम्लाको हिमा गाउँपालिका-४ का २० वर्षीय बालकृष्ण शाही र बाँकेको कोहलपुरका २१ वर्षीय धनबहादुर पुन मगरको भालुवाङमै उपचार भइरहेको डिएसपी मल्लले जानकारी दिए।
चालक सल्यानको त्रिबेणी गाउँपालिका – ४ का २८ बर्षीय लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
मृतकहरू:
दुर्घटनाका मृतक १२ मध्ये ८ जनाको परिचय खुलेको छ।
बाँके नेपालगंजका ६० बर्षीया कुसुम बनेत
मकवानपुर हेटौडाका ३९ बर्षीय सौरभ बिष्ट
काठमाडौ चन्द्रागिरी नगरपालिका – १५ का ६५ बर्षीय ताराकान्त पाण्डे
भारत उत्तर प्रदेश अतिकुल्ला खैरेका ३१ वर्षीय मुने
जुम्लाको श्रीढुम्का – ९ का ४० बर्षीय मुनबहादुर रावत
बाँकेका ३० बर्षीय रामबरण हरिजन
रुकुमको साबिक गोतामकोट गाबिस – ९ का २५ बर्षीय दपक कामी
भारतको बिहार पूर्बी चम्पारण मलाइका ६७ बर्षीय योगेन्द्र राम जोगेन्द्र राम
अन्दाजी ३५ वर्षका देखिने पुरुष, ५२ वर्षका देखिने अर्का पुरुष, ३० वर्षको पुरुष र ४५ वर्षका पुरुषको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।


