काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभाका उम्मेदवारहरुका लागि खर्चको सिमा तोकेको छ। आइतबार आयोगले तोकेको सिमा अनुसार राष्ट्रियसभाका उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउनेछन्।
१९ सिटका लागि माघ ११ गते हुने निर्वाचनका उम्मेदवारहरुले सवारी साधान र इन्धन, प्रचार सामाग्री, गोष्ठी अन्तरक्रिया, प्रचार प्रसार कार्यालय सञ्चालन लगागतमा उक्त रकम खर्च गर्न पाउनेछन्।
उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा खाता खोलेर त्यसबाट खर्च गर्नुपर्ने जनाएको छ। निर्वाचन सकिएको ३० दिनभित्र आयोगमा विवरण बुझाउन आयोगले उम्मेदवारहरुलाई आग्रह गरेका छ।


