काठमाडौं- काठमाडौंको टुँडिखेलमा भीडमा चेपिएर ८ जना घाइते भएका छन्। अत्यधिक भीडमा चेपिएर उनीहरु घाइते भएका हुन्।
माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण भीडमा चेपिएर घाइते भएको प्रहरीले जनाएको छ।
टुँडिखेल प्रवेश गर्ने क्रममा भीड अनियन्त्रित बनेको प्रहरीले जनाएको छ। प्रहरीले भीड नियन्त्रण गर्न लाठी चार्जसमेत गरेको थियो। घाइतेहरूलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ।


