काठमाडौं- विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं बागलुङमा कुटिएका छन्। बिहीबार बागलुङ पुगेका प्रसाईं माथि एक युवाले मुक्का प्रहार गरेका हुन्।
उनी ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमका लागि बागलुङ पुगेका थिए। प्रहरीका अनुसार प्रसाईंलाई मुक्का हान्ने युवक बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतम हुन्। उनलाई प्रहरीले नियन्त्रण लिएको छ।


