काठमाडौँ- सरकारले २९ जना सहसचिवहरूको सरूवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सहसचिवहरूलाई सरुवा गरिदिएको हो।
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई पठाइएको छ। यसअघि उनी राष्ट्रिय योजना आयोगमा थिए।
गृहका नारायणप्रसाद रिसाल अर्थ मन्त्रालय पठाइएका छन्। अर्थका सेवन्तक पोखरेल मधेस प्रदेशको अर्थ मन्त्रालयमा सरूवा भएका छन्।
यस्तै परराष्ट्रका सहसचिवमा रहेका छविन्द्र पराजुलीको कोशी प्रदेशको प्रदेश सचिव बने।
वासुदेव दाहाललाई कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयबाटसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरूवा भएको छ।
सूची:




