२०८३ कार्तिक २३ गते आईतबार

भीमदत्त-१० का सार्की : एमबिबिएसको प्रवेश परीक्षामा सफल भए, पढ्ने पैसा छैन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ८
Untitled-1

महेन्द्रनगर (कञ्चनपुर)- मेधावी विद्यार्थी चिकित्सक बन्ने सपना बोकेर तयारीका लागि काठमाडौँलगायत सुविधा भएको सहरमा पुग्छन्। चिकित्सा विषयको स्नातक तह (एमबिबिएस)को प्रवेश परीक्षामा सफल हुनुका साथै पूर्ण सरकारी छात्रवृत्तिमा पढ्न विद्यार्थीले निकै मेहनत गर्नुपर्छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-१० जिमुवाका दलित समुदायका एक विद्यार्थीले आर्थिक अभावकै कारण घरमै बसेर पूर्ण सरकारी छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्न नाम निकाल्न सफल भएका छन्।

भीमदत्त-१० का १७ वर्षीय ललित सार्कीले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबिबिएस प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका हुन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययनका लागि जानुपूर्व यतिबेला स्थानीय सरकारसित सहयोगका लागि आग्रह गरिरहेका छन्।

‘बुबा आठ वर्षदेखि मानसिक रोगबाट ग्रसित र आमा मायादेवी घरमा चटाँइ बेचेर परिवारको खर्च चलाउनुहुन्छ’, ललितले भने, ‘हामीसित जम्मा एक कट्ठा जग्गा मात्रै छ, मैले लगानी गरेर एमबिबिएस अध्ययन गर्छु भन्नु सपनाजस्तै हुन्छ।’

गाउँकै सिद्धनाथ माध्यमिक विद्यालयबाट २०७८ सालमा माध्यामिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका ललितले महेन्द्रनगरस्थित रेडियन्ट क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह पूरा गरेका छन्। ‘रेडियन्ट पढ्दा पनि आंशिक छात्रवृत्ति र दामोदर सुवेदी सरको आर्थिक सहयोगमा अध्ययन गरेँ।’ उनले भने, ‘गत साउनदेखि घरमै बसेर तयारी गरेर अहिले एमबिबिएसमा नाम निकाले।’

यही माघको अन्तिमतिर अध्ययनका लागि काठमाडौँ जाने ललितले काठमाडौँ बसाईका लागि आर्थिक सहयोग माग्दै भीमदत्त नगरपालिका धाइरहेको बताए। ‘पढ्नका लागि छात्रवृत्ति पाए पनि काठमाडौँ बसाईका लागि मासिक १० हजार जति जोहो गर्न पाए हुन्थ्यो’, उनले भने, ‘दाइले भारतमा मजदुरी गरेर कमाएको पैसाले घरमा छाक टार्न पनि मुस्किल पर्छ।’

उनले रकम अभावकै कारण एमबिबिएसको तयारीका लागि काठमाडौँ जान नपाएको स्मरण गराए। ‘परीक्षाका बेला मात्रै साथीकोमा ३ दिन बसेर काठमाडौँबाट फर्किएँ’ उनले भने, ‘त्यो परीक्षामा कञ्चनपुरबाट २ जनाले मात्रै नाम निकाल्न सफल भयौँ।’

अध्ययनमा अब्बल सावित बन्दै गएका उनलाई आइतबार भीमदत्त नगरपालिकाको पाँचौँ स्थापना दिवसका अवसरमा सम्मानित गरिइएको छ। उनले सरकारी विद्यालयबाट अध्ययन गरी एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेको जनाउँदै ‘एन डी प्रकाश चटौत युवा प्रतिभा पुरस्कार’बाट सम्मानित गरिएको हो।

‘नगरपालिकाबाट अध्ययनका लागि सहयोग पाउनेमा आशावादी छु’, ललितले भने, ‘आजको सम्मानले थप हौसला प्रदान भएको छ।’ त्यसैगरी भीमदत्त–१० का वडासचिव गगन नाथ छात्रवृत्तिका लागि छनोट भएका वडावासी सार्कीलाई अध्ययनका लागि थप सहयोग गरिदिन भीमदत्त नगरपालिकामा पहल भइरहेको बताए।

‘वडाबाट हामीले नगरपालिकालाई पत्राचारसमेत गरेका छौँ’, वडासचिव नाथले भने, ‘वडाले अध्ययनका लागि जेहेन्दार विद्यार्थीलाई आवश्यक सहयोग र सहयोगका लागि माथिल्लो निकायमा पहल गर्दै आएको छ।’

प्रकाशित: २०८० माघ ८ गते सोमबार ०६:४०
प्रतिक्रिया

थप समाचार

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

मुस्ताङ: तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ। तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेका हुुन्। यस...

भोटे कुकुर: भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन्। बीस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किनुभएका ५० वर्षीय छन्त्यालले...

तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरूको भिड (फोटो)

तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ। असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको...

तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ। तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ। चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा...

सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत: श्रमिकको ज्याला खातामा, सामाजिक सुरक्षा अनिवार्य

कार्यविधिअनुसार निर्माण र परामर्श सेवामा रोजगारदाताको २० प्रतिशत सामाजिक सुरक्षा योगदानमध्ये १० प्रतिशत सरकारले व्यहोर्नेछ।
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना