काठमाडौं– रुसी सेनामा भर्ती भएका नेपाली सुन्दर मोक्तानको मृत्यु भएको छ। रसुवाको नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय मोक्तानको मृत्यु भएको हो। रुस–युक्रेनको युद्धमा परेर उनको मृत्यु भएको हो।
उनी गत भदौमा रुसी सेनामा भर्ती भएका थिए। उनको मृत्युको खबर पुस १२ गते परिवारलाई आएको हो।
तीन दिन अघिमात्र रुसबाट उनको मृत्युको तस्विर प्राप्त भएको गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर गलानले जानकारी दिए। उनी यसअघि नेपाली सेनामा कार्यरत थिए।


