काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन्। मंगलबार मन्त्रिपरिषदले सिफारिस गरे अनुसार माघ २२ गते दिउँसो ४ बजेका लागि दुबै सदनको अधिवेशन आह्वान गरेका हुन् ।
संसद अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।


