२०८३ कार्तिक २३ गते आईतबार

घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्ने तयारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ११
s

चितवन- भरतपुरस्थित नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेर भरतपुर विमानस्थल विस्तार गर्ने तयारी अघि बढाइएको छ। लामो समयको गृहकार्यपछि उपयुक्त विकल्पको रुपमा केन्द्र स्थानान्तरण गर्न लागिएको हो।

विमानस्थलको धावन मार्ग छोटो हुँदा साना जहाज मात्रै दिउँसोमा सञ्चालन हुँदै आएका छन् । केही वर्षभित्रमै साना जहाज पुराना भएसँगै यहाँ सञ्चालन हुने जहाज नपाउने र अहिलेको उडान जोखिम भएपछि विमानस्थल विस्तार गर्न लागिएको हो।

सरोकारवाला निकायका सबै सकारात्मक देखिएसँगै विस्तारको काम अघि बढ्ने भएको हो। भरतपुर महानगरपालिकाले विस्तारको पहल गर्दै आएको छ। भरतपुर महानगर प्रमुख रेनु दाहालले घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेर धावनमार्ग विस्तार गर्ने सहमति भइसकेको जानकारी दिए। मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव ल्याउन प्रधानमन्त्रीले निर्देशन दिइसकेको जनाइएको छ।

अहिलेको यो विमानस्थल निकै जोखिमपूर्ण मानिन्छ। यो तराईको लुक्ला भनेर पनि परिचित गरिन्छ। प्रमुख दाहालका अनुसार विमानस्थल विस्तार गरेर धावनमार्ग एक हजार पाँच सय मिटर बनाइँदै छ। अहिले एक हजार दुई सय मिटर मात्रै लामो छ। यससँगै ७२ सिट क्षमताका ठूला जहाज रात्रिकालीनसमेत उडान गर्न सकिने उनले जानकारी दिए।

गत शनिबार भरतपुरको श्री नयाँ सबुज गणमा भएको कार्यक्रममा रक्षामन्त्री पूर्णबहादुर खड्काले ब्यारेकमा रहेको ७० बिघा आठ कट्ठा चार धुर जग्गामध्ये १९ बिघा चार कट्ठा चार धुर विमानस्थल विस्तारका लागि दिनुपर्ने देखिएको जानकारी दिएका थिए। यससँगै यहाँको केन्द्रलाई जिल्लाकै कालिका नगरपालिकाको शक्तिखोरस्थित ब्यारेक हाताभित्र स्थानान्तरण गरिने उनले बताए। सोही अवसरमा रक्षामन्त्री खड्काले स्थलगत निरीक्षण गरी प्रजनन केन्द्र सार्ने विषयमा मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिए।

केन्द्रमा साना ठूला गरी हाल ११० घोडा छन्। विसं २०४१ बाट केन्द्र सञ्चालनमा छ। यहाँ जन्मिएका घोडाका बच्चालाई सामान्य तालिम दिएर थप तालिमका लागि काठमाडौँ पठाउने गरिन्छ। प्रजनन केन्द्र स्थानान्तरण गरिएपनि सेनाको गण भने यही रहने जनाइएको छ।

धावनमार्ग र सडकका लागि थप जग्गा दिने तयारी गरिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जग्गाको सुनिश्चितता भएसँगै धावनमार्ग विस्तारको काम अघि बढ्ने जानकारी दिए। नयाँ टर्मिनल भवन बन्दै गरेको जनाउँदै उनले विस्तारका लागि जग्गाको व्यवस्था भएसँगै धावनमार्ग विस्तारको काम तत्काल अघि बढाउने बताए। चालु आर्थिक वर्षमा धावनमार्गका लागि कार्यक्रमसमेत राखिएको उनले जानकारी दिए।

यो विमानस्थल विसं २०१५ मा निर्माण भएर विसं २०१८ बाट सञ्चालन हुँदै आएको छ। विमानस्थलको हाल कूल क्षेत्रफल ६२ बिघा रहेको छ। यसमा एक हजार २दुई सय मिटरमात्र धावनमार्ग छ। विमानस्थलबाट अहिले काठमाडौँ र पोखरा उडान हुँदै आएको छ। छोटो धावनमार्गका कारण साना जहाज दिउँसोमा मात्रै उडान हुँदा महँगो भाडा तिर्नुपर्ने बाध्यता रहेको छ।

प्रकाशित: २०८० माघ ११ गते बिहिबार ०७:३६
प्रतिक्रिया

थप समाचार

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

मुस्ताङ: तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ। तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेका हुुन्। यस...

भोटे कुकुर: भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन्। बीस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किनुभएका ५० वर्षीय छन्त्यालले...

तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरूको भिड (फोटो)

तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ। असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको...

तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ। तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ। चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा...

सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत: श्रमिकको ज्याला खातामा, सामाजिक सुरक्षा अनिवार्य

कार्यविधिअनुसार निर्माण र परामर्श सेवामा रोजगारदाताको २० प्रतिशत सामाजिक सुरक्षा योगदानमध्ये १० प्रतिशत सरकारले व्यहोर्नेछ।
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना