काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिनेविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।
राहदानी विभागमा करारमा कार्यरत तत्कालीन कम्प्युटर इन्जिनियर प्रदीप भट्टराईलाई घुस दिएको अभियोगमा एक सेवाग्राहीविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भट्टराईविरुद्ध पनि मुद्दा दर्ता गराइएको अख्तियारले जानकारी दिएको छ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचयपत्र सहजीकरणको लागि राहदानी विभागमा खटाइएका कम्प्युटर इन्जिनियर प्रदिप भट्टराईले सेवाग्राही सुमी धामी भन्ने सुमित्रा सापकोटाबाट ३४ हजार घुस लिएको आरोप छ। दुवै जनाविरुद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।
भट्टराईलाई घुस लिन दुरुत्साहन गरेको भन्दै अख्तियारले सेवाग्राही सुमित्रा सापकोटा मुद्दा दायर गरेको अख्तियारको भनाइ छ।
सापकोटाले घुस रकम भट्टराईको खातामा रकम जम्मा गरिदिएको पाइएको अनुसन्धानले देखाएको अख्तियारको भनाइ छ।


