काठमाडौं- बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा पक्राउ परेका छन्।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बत्तीसपुतलीबाट पक्राउ गरेको हो।
बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा उनी पक्राउ परेका हुन्।
यही प्रकरणमा व्यवसायी अरुण चौधरी पनि पक्राउ परेका छन्।
सीआईबीले एसएसपी दिनेश आचार्यको नेतृत्वमा बाँसबारी छाला जुत्ता उद्योगको जग्गाका विषयमा अनुसन्धान गरिरहेको छ।


