काठमाडाैं- नेपाली कांग्रेसका सांसद् तथा उद्योगी विनोद चौधरीले सरकारले आफुहरु माथि प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका छन्। शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा चौधरीले यस्तो बताएका हुन्।
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा प्रहरीले चौधरीका भाइ अरुणलाई बिहीबार पक्राउ गरेको थियो। सांसद चौधरीले शुक्रबार पार्टीको बैठकमा उक्त जग्गा प्रक्रिया मिलाएर नियमसम्मत किनबेच गरेको दाबी गरे। उनले भने, ‘सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्यो, प्रक्रिया मिलाएर नियमसम्मत किनबेच भएको हो।’


