२०८३ कार्तिक १५ गते शनिवार

मानवअधिकार शिक्षा सम्बन्धी कलेजस्तरीय कार्यक्रम सम्पन्न

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १९
HRFC

काठमाडौं– मानवअधिकार चलचित्र केन्द्रद्वारा ललितपुरको एशियन कलेज अफ हायर स्टडिज् कलेजमा एक दिने मानवअधिकार शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा तीन वटा नेपाली छोटा चलचित्रको प्रदर्शन गरी मानवअधिकारको बारेमा छलफल तथा अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको थियो।

केन्द्रले मानवअधिकारको प्रवद्र्धन गर्ने उद्देश्यले ११ औं नेपाल मानवअधिकार अन्र्तराष्ट्रिय चलचित्र महोत्सव सम्पन्न गरेर विद्यालय तथा कलेज स्तरीय सचेतना कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममामा मानवअधिकारका विभिन्न विषयहरुलाई समेटिएका दुईवटा छोटा कथानाक चलचित्र तथा एउटा बृत्तचित्र प्रर्दशन गरिएको थियो। कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै केन्द्रका अध्यक्ष पाण्डव खत्रीले मानवअधिकार शिक्षाको लागि सिनेमा एउटा महत्वपूर्ण पाटो भएकोले विद्यालय र कलेजस्तरका युवाहरुको विचमा सिनेमा प्रर्दशनी संगै मानवअधिकारका विभिन्न विषयहरुमा छलफल चलाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको जानकारी गराएका थिए।

केन्द्रले संचालन गर्ने नेपाल मानवअधिकार अन्र्तराष्ट्रिय चलचित्र महोत्सव सम्पन्न भए पछि देशका विभिन्न ठाउँहरुका स्थानीय सरकार, विद्यालय, कजेलस्तरी चलचित्रको प्रर्दशन, सहभागीहरु संग अन्र्तक्रिया तथा मानवअधिकारका विभिन्न सवालहरुमा छलफल गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको जानकारी गराएका थिए। महोत्सवको ११औं संस्करण सम्पन्न भइसकेपछि आजबाट दोश्रो चरणको अभियान शुरु गरिएको उनले बताएका थिए।

कार्यक्रमा राष्ट्रिय मानवअधिकार आयोगका दिपेन्द्र सिंहले मानवअधिकार सम्बन्र्धन गर्नको लागि युवाहरुको महत्वपूर्ण जिम्मेवारी रहने र त्यो आफ्नै घरबाट शुरु गर्नुपर्ने कुरा बताएका थिए। मानवअधिकारका अन्र्तराष्ट्रिय सन्धि सम्झौता अनुसार राज्यले सबै नागरिकको अधिकार सुनिश्चित गर्ने दायित्व रहेको कुरामा उनले जोड दिए।

कार्यक्रममा बोल्दै कलेजको तर्फबाट अधिबक्ता दिपेन्द्र अधिकारीले मानवअधिकार कुनै देशका नागरिकको एउटा र अर्को देशको नागरिकको अर्को नहुने, संसारको जुनसुकै ठाउँमा जन्मने बित्तिकै उसको अधिकार एउटै हुने कुरामा जोड दिदै मानवअधिकारको प्रवद्र्धन गर्नको लागि कला तथा सिनेमा एउटा महत्वपूण माध्यम भएको कुरा बताएका थिए।

केन्द्रले नेपालमा प्रत्येक बर्ष संचालन हुने नेपाल मानवअधिकार अन्र्तराष्ट्रिय चलचित्र महोत्सव सम्पन्न भए पछि विद्यालय तथा बिश्वविद्यालयहरुमा यस्ताखाले कार्यक्रम संचालन गर्दै आईरहेको छ।

प्रकाशित: २०८० माघ १९ गते शुक्रबार ०४:१९
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना