काठमाडौं- सर्लाहीमा ड्यूटीमा खटिएका ट्राफिक प्रहरी माथि छुरा प्रहार भएको छ। नवलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि ड्यूटीमा खटिएका प्रहरी जवान प्रमोद महतो माथि छुरा प्रहार भएको हो।
उनलाई ना १९ प २५५५ नम्बरको मोटरसाइकलमा सवार यामामुद्दीन देवानले महतोलाई छुरा हानेका हुन्। चेकिङकका क्रममा विवाद भएपछि देवानले महतो माथि छुरा प्रहार गरेका हुन्।
देवानले महतोको घाँटी र कोखामा छुरा प्रहार गरेका थिए। घाइते महतोको वीरगञ्ज स्थित नेश्नल मेडिकल कलेजमा उपचारका लागिएको थियो। तर, अहिले भने उनलाई महराजगञ्जस्थित प्रहरी अस्पतालमा थप उपचारका लागि ल्याइँदै गरिएको नवलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मदन थापाले जानकारी दिए।
देवानलाई तत्कालै पक्राउ गरी इलाका प्रहरी कार्यालय लालबन्दीको हिसातमा राखिएको छ।


