सिन्धुली- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुलीको सिर्थौलीमा निर्मित दुधौली नगर अस्पतालको समुद्घाटन गरेका छन्।
दुधौली नगरपालिकाले सिर्थौलीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले १५ शय्याको नगर अस्पतालको उद्घाटन गरेका हुन्।
करिब रु १८ करोडको लागतमा निर्मित उक्त अस्पतालसँग अब दैनिक १५० भन्दा बढी बिरामीलाई सेवा उपलब्ध गराउने क्षमता भएको छ।


