बुटवल- दाङमा कार्यरत प्रहरी जवान पिमलाल नेपाली पक्राउ परेका छन्। ३२ वर्षीय नेपाली श्रीमतीको र छोराको हत्या गरेको आरोपमा पक्राउ परेका हुन्।। उनलाई २ वर्षीया श्रीमती टीका विक र दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छश्र
शनिबार राति सुपरलज होटलमा बसेका उनले आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। श्रीमती र छोराको हत्यापछि उनी आफैंले प्रहरी कार्यालयमा उपस्थित भएर आत्मसमर्पण गरेका थिए।


