काठमाडौँ- देशभरका चलचित्र घर (फिल्म हल) बन्द भएका छन्।
सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर देशभरका हल बन्द गरिएको छ।
मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै सोमबार देशभरका फिल्म हल बन्द गर्ने नेपाल चलचित्र संघले केही दिन अगाडि निर्णय गरेको थियो।
सोही निर्णयको समर्थन गर्दै आज हल बन्द छन्।



















