काठमाडौँ- ६० किलो सुन प्रकरणमा फरार रहेकी प्रतिवादी अमला रोकाविरूद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ।
रोकाविरूद्ध फेब्रुअरी ५ तारिखमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीविरूद्ध डिफ्युजन नोटिस जारी गर्न अनुरोध गरेको थियो।
कमला काठमाडौंको ठमेलस्थित भियना होटल सञ्चालकसमेत हुन्। उनका श्रीमान बेल्जियमका नागरिक दावा छिरिङ प्रहरीको हिरासतमा छन्।
गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको ब्रेक शु राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। जसभित्र ६० किलो ७१६ ग्राम सुन फेला परेको थियो।
यो टोलीले विभिन्न मितिमा ३०२ किलो सुन तस्करी गरेको सीआईबीको निष्कर्ष थियो। यही टोलीले ९ किलो भेपमार्फत् सुन तस्करी गरेको पनि प्रहरीको भनाइ छ।
यो प्रकरणमा प्रहरीले २६ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो। जिल्ला अदालत काठमाडौंले असोज १९ गते २५ जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो।
उक्त आदेशविरूद्ध दावासहित अभियुक्त उच्च अदालत पाटनमा उक्त आदेशविरूद्ध निवेदन दिन पुगेका थिए।
जसमा ६ जनालाई धरौटीमा छाड्न आदेश दिएकोम थियो। दावासहितका १२ अभियुक्तका हकमा भने जिल्लाकै आदेश सदर गरी पुर्पक्षका लागि थुनामै राख्न भनेको थियो।


