२०८३ कार्तिक २३ गते आईतबार

गडरायको आकर्षक गहना ‘चम्ला झरना’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २६
jj

गडराय, छान्ना (बझाङ)- बझाङमा सबैभन्दा अग्लो झरना भनेर चम्ला अर्थात् गोरखाली झरना चिनिन्छ। पूर्वाधारको समस्याले गुमनाम रहेको सो झरनासम्म पुग्न सडकको पहुँच पुगेसँगै अवलोकन गर्नेको भीड लाग्न थालेको छ। खप्तडछान्ना गाउँपालिका–७ मा अवस्थित झरना हेर्न हरेक दिन आन्तरिक पर्यटक आउन थालेका छन्।

सडक तथा बाटोघाटो निर्माणले टाढैबाट दर्शन गरिने झरना अहिले नजिकै आएर महसुस गर्न थालिएको स्थानीय भुवन जोशीले बताए। उनले भने, ‘हाम्रा लागि नजिकको तीर्थ हेला भनेजस्तै थियो। अहिले अन्यत्र जिल्लाका मानिस आएर रमाउन थालेपछि गाउँका मानिसहरुको पनि झरनाप्रति माया जागेको छ।’ उनका अनुसार गडरायबाटै झरना हेर्नेहरु अहिले झरनाकै पानी खेल्ने गरेका छन्।
सडक नहुँदा गाह्रो भए पनि आजभोलि गाउँभन्दा बाहिरको मान्छे आउने गरेको, द्वारकाँडी मष्टाको डाँडाबाट ‘सेल्फी’ खिच्नेहरु पनि आजभोलि झरनाको टुप्पामा पुग्ने गरेको उनले बताए।

गडरायको चम्ला झरना विभिन्न नामले परिचित छ। गोरखाली झरना, कोरकाटियाँ छणो, उबाखोलाको छणोलगायत विभिन्न नामले चिनिन्छ। तर यसको पुरानो तथा कारणसहितको नाम भने चम्ला नै हो। झरनाको वरिपरि चम्ला (घाँसको प्रजाति) वनस्पतिले घेरिएको ठाउँ भएकाले कोरकाटियाँका मानिसले यसको नाम ‘चम्ला छणो’ राखेका हुन्।

स्थानीय रामजङ्गबहादुर सिंहका अनुसार कोरकाटियाँका मानिसको पिउने तथा सिँचाइ गर्ने पानी त्यही झरनाको हो। कतिपयले झरनाको पानीको फिँज चामलको चौलानी जस्तै भएको हुँदा पनि यसको नाम चम्ला रहन गएको उनले बताए।

चम्ला झरनाको पौराणिकता

चम्ला झरनाको महिमा अपरम्पार जस्तै भएको सिंहले बताए। उनका अनुसार मष्टो देवताले बसोबास गर्दा लाचुणे दानवले दुःख दिएपछि कौछ्या देवतालेसँग मिलेर मष्टोले झरनाको ढलेल्याणीमा कौछ्याले बाणले हान्दा राक्षस लाचुणेलाई मारेको पौराणिक घटनाबाट झरनाको कथा सुरु हुन्छ।

देवता (मष्टो, कौछ्या) र राक्षस लाचुणेको लडाइँ लामो समयसम्म रह्यो। उनले भने, ‘दुवैतिरबाट पानीसमेत नखाई लडाइँ जारी राखे। त्यसपछि दानवलाई बाणले हानेर हराएपछि देवता पानी प्यासले काकाकुल भए। भिरमा पानी पाउने कुरै भएन। त्यसपछि मष्टोले चट्टानै चट्टान भएको भिरमा बाण हाने र पानीको मुहान फुट्यो। त्यही पानीले प्यास मेटे। त्यही पानीमा वरिपरि मूल फुट्दै तलको भिरमा गएर झणो (झरना) बनेको भन्ने किंवदन्ती रहेको छ।’

रामजङ्गबहादुर सिंहका अनुसार झरनाको पनि छुट्टै कथा छ। त्यसबेलामा लडाइँपछि धामी (देउता) लाई पानी प्यास लाग्दा भिरको धारो पर्ने ठाउँमा गए। धारोमा पानी पिउँदा हात भित्तामा अड्याएर पानी पिउँदै गर्दा धामीको पगरी (टोपी) तल खसेको थियो। त्यही टोपी पछि झरना भएको कुरा माङलमा उल्लेख भएको उनले बताए। अहिले टाढाबाट देखिँदा सेतो कपडा लगाउने धामीको हात अड्याएको ठाउँमा दुइटा झरना, धामीको खुट्टा भएको ठाउँमा कुण्ड र त्यही कुण्ड बगेर धामीको पगरी गएको ठाउँमा झरना भएको स्थानीयको बुझाइ छ। २०३६ सालमा आएको भूकम्पसँगैको पहिरो र केही वर्ष पहिलेको पहिरोले कुण्ड पुरिएको रामजङ्ग सिंह बताउँछन्।

साइत सुधार्न झरनामाथि पूजा

झरनाको माथिपट्टि स्थानीयले पुस्तौँदेखि पूजाआजा गर्दै आएका छन्। भूमि पूजा गर्दा आफूलाई, आफ्ना सम्पत्तिलाई जङ्गली जनावरदेखि कसैले पनि आक्रमण नगरून्, भिरपाखाबाट नखसून् भनेर रुद्रीपाठ, चण्डीपाठ बर्सेनि गरिँदै आएको छ। सबैको सोचेको पूरा हुने, शुद्ध पवित्र भइरहने, पानीको मुहान बढ्ने विश्वासले पूजाआजा गरिँदै आएका छन्। पूजाआजाका लागि ब्राह्मणले भनेको साइतमा जहिल्यै पूजा गर्ने र त्यसपछि मात्रै लेकाली काममा जाने गरेका छन्। विशेषगरी लेकमा वस्तुभाउ ल्याउनुभन्दा अगाडि पूजा गरेर ल्याउँदा जङ्गली जनावरबाट क्षति नहुने, रोगव्याधी नलाग्ने, भिरपाखामा गएर पनि नोक्सान नहुने विश्वासले पूजा लाग्ने गरेको खप्तडछान्ना–७ का भेषराज जोशीले बताए।

प्रकाशित: २०८० माघ २६ गते शुक्रबार ०९:२४
प्रतिक्रिया

थप समाचार

आज लक्ष्मीपूजा, धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदै

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कार्तिक कृष्ण औँसीका दिन घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदैछ । लक्ष्मीपूजाका दिन घर, आँगन तथा पसलहरू...

आज कुकुर तिहार, कुकुरलाई पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइँदैछ। कुकुरलाई यमराजको दूत तथा मानिसको विश्वासिलो साथीका रूपमा सम्मान गर्दै आज देशभर पूजा गरेर कुकुर तिहार मनाउन लागिएको हो। हिन्दू...

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना