२०८३ कार्तिक २३ गते आईतबार

प्रहरी कर्मचारीका लागि निःशुल्क स्वास्थ्य शिविर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २६
swasthyakarmi
लुम्बिनी- नेपाल प्रहरी श्रीमती सङ्घले बिहीबार रुपन्देहीमा कार्यरत प्रहरी कर्मचारीका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही र यस मातहत रहेका प्रहरीका विभिन्न युनिटमा कार्यरत प्रहरी कर्मचारीलाई लक्षित गरी सामान्य चिकित्सा, स्त्री रोग, नाक, कान, घाँटी तथा दन्तरोगसम्बन्धी सेवा प्रदान गरिइएको थियो।
प्रहरी कर्मचारीले आफ्नो पेसागत कामकै कारण स्वास्थ्य संस्थामा जान नसक्दा कतिपयको गम्भीर स्वास्थ्यसम्बन्धी समस्या देखिन सक्ने भएकाले स्वास्थ्य शिविर सञ्चालन गरिएको र स्वास्थ्य प्रहरीबाट जीवन्त प्रहरी सेवाको सुनिश्चितता हुने सङ्घका अध्यक्ष लक्ष्मी कुँवरले बताइन्।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्वास्थ्य शिविरले प्रहरीलाई आफ्नो शारीरिक र मानसिक अवस्थाको पुनरावलोकन गर्न सहज हुने बताए। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर बिकले कार्यस्थलमै सञ्चालन हुने स्वास्थ्य शिविरले स्वास्थ्यलाई कायम राख्न तथा सुधार गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यस्ता शिविर आवश्यक भएको बताए।
भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजको प्राविधिक सहयोगमा आयोजित शिविरमा प्रहरीका विभिन्न तहका गरी करिब तीन सय पाँच जनाले सेवा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरी प्रवक्ता मनोहर भट्टले जानकारी दिए। स्वास्थ्य शिविरअघि नेपाल प्रहरी श्रीमती सङ्घले रुपन्देहीको कोटिहवामा रहेको अविनाश अनाथ आश्रममा खाद्यान्न एवं ‘स्टेसनरी ’सामग्रीसमेत वितरण गरेको थियो।
प्रकाशित: २०८० माघ २६ गते शुक्रबार ०९:३३
प्रतिक्रिया

थप समाचार

तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ। तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ। चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा...

सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत: श्रमिकको ज्याला खातामा, सामाजिक सुरक्षा अनिवार्य

कार्यविधिअनुसार निर्माण र परामर्श सेवामा रोजगारदाताको २० प्रतिशत सामाजिक सुरक्षा योगदानमध्ये १० प्रतिशत सरकारले व्यहोर्नेछ।

वनको कानुनमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रशारण लाइनको काम

सुर्खेत: कर्णाली प्रदेशमा गुणस्तरीय बिजुली पुर्‍याउन थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वन सम्बन्धी कानुनी झन्झटमा अल्झिएको छ। कोहलपुर–सुर्खेत–दैलेख आयोजनाअन्तर्गतको यो खण्ड...

कालीमाटीमा तिहारका लागि फूल किन्ने र बेच्नेको चहलपहल (फोटो)

तिहार नजिकिएसँगै काठमाडौंको कालीमाटी बजारमा फूल किन्ने र बेच्नेहरूको चहलपहल बढेको छ। बजारमा सयपत्री र मखमली फूल तथा फूलमाला बिक्रीका लागि राखिएका छन्। तिहारमा घर सजाउन, पूजाआजा गर्न र दिदीबहिनीले...

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना