२०८३ कार्तिक २३ गते आईतबार

विमानस्थल कुटपिट घटना : छानबिन समितिलाई डीआईजी चन्दले दिए काउन्टर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २६
chand

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतमाथि भएको कुटपिटको घटनामा संलग्न भएका भनिएका २ जना प्रहरी पुरस्कृत भएका छन्।

घटनाको छानबिन समितिलाई चुनौती दिँदै विमानस्थल कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले उनीहरालई पुरस्कृत गरेका हुन्।

छानबिन समितिले दोषी ठहर गरी कारबाही सिफारिस गरेका दुई जनालाई चन्दले पुरस्कृत गरेका हुन्। उनीहरूलाई पुरस्कारको विवरण अभिलेखमा जनिने गरी राष्ट्रिय प्रहरी किताब खानामा समेत पठाइएको छ।

गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले कारबाही सिफारिस गरेका दुई जनासहित तीन जनालाई डीआईजी चन्दले पुरस्कृत गरेका हुन्।

चन्दबाट पुरस्कृत हुनेमा सई प्रकाश चौधरी, सहायक निरीक्षक (असई) सञ्जय तामाङ र जवान रविजंग गुप्ता छन्। चौधरीलाई १ हजार २००, तामाङलाई १ हजार १०० र गुप्तालाई ८०० रुपैयाँसहित चन्दले पुरस्कार रकम प्रदान गरेका हुन्।

गौतम नेतृत्वको समितिले डीएसपीसहित ४ प्रहरीलाई कारबाहीका लागि सिफारस गरेको थियो। यसरी कारबाही सिफारिस हुनेमा तामाङ र गुप्ता पनि थिए। यस्तै डीएसपी रेवतीरमण पोखरेल र प्रहरी जवान राजकुमार महतो पनि कारबाही सिफारिसमा परेका थिए। उनीहरुले आफ्नो ड्युटी कुशलतापूर्वक गरेको र प्रहरी जिम्मेवारी निभाएको भन्दै डीआईजी चन्दले पुरस्कार गरेका हुन्।

छानबिन सिमितले अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि कुटपिटमा उत्रिएको भन्दै असई सञ्जय तामाङलाई निलम्बनका लागि सिफारिस गरेको थियो। गुप्ता र महतोलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको थियो।

त्यसैगरी अध्यागमन अधिकृत छायालाल मोक्तानलाई समेत कारबाही गर्नका लागि सिफारिस गरिएको थियो।

विमानस्थलको घटनामा छानबिन समितिले प्रतिवेदन बुझाएपछि विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले राजीनामा दिएका थिए। तर प्रहरी प्रधान कार्यालयले उनको राजीनामा रीत नपुगेको भन्दै फिर्ता गरेको थियो।

प्रकाशित: २०८० माघ २६ गते शुक्रबार ०१:३४
प्रतिक्रिया

थप समाचार

तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरूको भिड (फोटो)

तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ। असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको...

तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ। तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ। चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा...

सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत: श्रमिकको ज्याला खातामा, सामाजिक सुरक्षा अनिवार्य

कार्यविधिअनुसार निर्माण र परामर्श सेवामा रोजगारदाताको २० प्रतिशत सामाजिक सुरक्षा योगदानमध्ये १० प्रतिशत सरकारले व्यहोर्नेछ।

वनको कानुनमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रशारण लाइनको काम

सुर्खेत: कर्णाली प्रदेशमा गुणस्तरीय बिजुली पुर्‍याउन थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वन सम्बन्धी कानुनी झन्झटमा अल्झिएको छ। कोहलपुर–सुर्खेत–दैलेख आयोजनाअन्तर्गतको यो खण्ड...

कालीमाटीमा तिहारका लागि फूल किन्ने र बेच्नेको चहलपहल (फोटो)

तिहार नजिकिएसँगै काठमाडौंको कालीमाटी बजारमा फूल किन्ने र बेच्नेहरूको चहलपहल बढेको छ। बजारमा सयपत्री र मखमली फूल तथा फूलमाला बिक्रीका लागि राखिएका छन्। तिहारमा घर सजाउन, पूजाआजा गर्न र दिदीबहिनीले...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना