काठमाडौं– नेपाल पर्यटन बोर्डकी सदस्य मिलन देवकोटा कार्यकारी समितिको सदस्य–सचिवमा नियुक्त भएकी छन्।
माघ २४ गते बसेको बोर्डको कार्यकारी समितिको बैठकले देवकोटालाई सदस्य–सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी नेपाल नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा ९ को उपदफा (४) को व्यवस्थाअनुसार देवकोटालाई कार्यकारी प्रमुख नियुक्ति नभएसम्मका लागि जिम्मेवारी दिइएको हो।
नेपाल पर्यटन बोर्डमा कार्यकारी प्रमुख रिक्त थियो। देवकोटा नेपाल पर्यटन बोर्डको पहिलो महिला सदस्य-सचिव बनेकी छन्।


