काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घटनामा परेको छ। उनी सवार गाडी दुर्घटनामा परेपनि मानवीय क्षति हुनबाट भने जोगिएको छ।
महासचिव पोखरेल चढेको म १ च ३६९ नम्बरको स्कोरपियो जिप शनिबार दिउँसो दैलेखको डुंगेश्वर गाउँपालिकाको चुप्रा बजारनजिक दुर्घटनामा परेको हो। जिपमा सवार पोखरेलसहित सबै नेता सुरक्षित रहेको एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन्।
‘एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना’, उपमहासचिव रिमालले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो (शनिबार) दैलेख जाने क्रममा एमाले महासचिव शंकर पोख्रेल सवार जिप दुर्घटनामा पऱ्यो। यो डरलाग्दो दुर्घटनाबाट मानवीय क्षति भएको छैन। सबै सुरक्षित हुनुहुन्छ।’
गाडीमा महासचिव पोखरेल, केन्द्रीय सदस्य दीपा शर्मा र प्रदेश सचिव ध्रुव शाही र प्रदेश उपसचिव पद्मा खड्का थिए। खड्काको हातमा चोट लागेको छ।


