२०८३ कार्तिक १५ गते शनिवार

अस्पतालको फोहोर व्यवस्थापनमा काठमाडौँ महानगरको चासो, थाल्यो अनुगमन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २९
kathmandu_model_hospital_waste_mgmt (4)

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु गरेको छ।

उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा प्रदर्शनी मार्गस्थित काठमाडौँ मोडेल अस्पतालबाट संक्रमित फोहोरको व्यवस्थापनको अनुगमन थालिएको हो।

काठमाडौँ महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ मा हानीकारक फोहोर व्यवस्थापन सम्बन्धी व्यवस्था छ।

ऐनको दफा २० बमोजिम हानीकारक, स्वास्थ्य संस्थाजन्य, रसायनिक वा औद्योगिक फोहोरको प्रशोधन र व्यवस्थापन उत्पादक आफैँले गर्नुपर्छ। यो व्यवस्थामा उल्लेख भएका दायित्व सम्बन्धी काम अनुगमनका सूचक हुन्।

‘सहरी वातावरणमा महसुस योग्य सुधार गर्नुपर्छ। यस कार्यका फोहोर उत्पादकहरुले दायित्व बोध गरेर नागरिक र कानुनी दायित्व पूरा गर्नुहुनेछ भन्ने विश्वाश लिएका छौँ,’ अनुगमनपछिको संक्षिप्त प्रतिक्रियामा डंगोलले भने, ‘वातावरणीय जोखिम बढ्न नदिन हामी सचेत छौँ। क्षेत्राधिकारभित्रका काम गरिरहेका छौँ।’

अनुगमका क्रममा अस्पतालको नर्सिङ् विभागका प्रमुख राधिका घिमिरे, संक्रमित फोहोर उत्पादन हुने ठाउँ, उत्पादिन फोहोर संकलन र ढुवानी गर्ने साधन तथा उपकरण, प्रशोधन गर्ने स्थान र प्रविधि तथा निर्मलीकरणपछिका सामान व्यवस्थापनको अभ्यास देखाएका थिए।

घिमिरेकाअनुसार अस्पतालले ३ लाख रुपैयाँ लागतमा फोहोर प्रशोधन गर्ने सामान तथा उपकरण खरिद गरेर संक्रमित फोहोरलाई सामान्य फोहोरमा रुपान्तरण गर्ने प्रणाली विकास गरेको छ। अस्पतालमा १ सय बेड छन्।

सामान्य फोहोर उत्पादन हुने ठाउँमा ४ प्रकारका बाल्टिन राखिएका छन्। प्लाष्टिक, बोतल र क्यान, कागज र खानाजस्ता कुहिने बस्तु छुट्टाछुट्टै बाल्टिनमा जम्मा गरिन्छ। हानीकारक फोहोर संकलन गर्न ८ वटा बाल्टिनसहितको ट्रली प्रयोग गर्ने गरिएको छ।

संक्रमित फोहोर निर्मलीकरण गर्न १ सय लिटरका २ वटा अटोक्लेभ मेसिन राखिएका छन्। उपचारका क्रममा उत्पादन भएको तरल हानीकारक फोहोरलाई क्लोरिनेसन गरेर सामान्य बनाउने घिमिरेको भनाइ छ।

निर्मलीकरण गरिएको पुनःप्रयोग गर्न सकिने फोहोर बेचेर अस्पतालले वार्षिक करिब १ लाख ८० हजार रुपैयाँ आम्दानी गर्ने गरेको छ। कति फोहोर पुनःप्रयोग गर्न सकिँदैन। यस्तो खालको फोहोर निर्मलीकरण गरेपछि पैसा तिरेर उठाउन लगाउनु पर्छ। मासिक १० देखि १५ किलोग्रामसम्म यसप्रकारको फोहोर उत्पादन हुन्छ।

अनुगमनपछि फोहोर प्रशोधन कक्ष अलग्गै ठाउँमा राख्न सुझाव दिइएको छ। वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले भने, ‘क्यान्टिन र फोहोर प्रशोधन कक्षको दुरी नजिक देखियो। प्रशोधन कक्ष साँघुरो छ। यसलाई बढाउनु पर्ने देखिएको छ।’

विभागले अस्पतालजन्य फोहोर वर्गीकरण गर्न, जोखिमयुक्त फोहोरलाई प्रशोधन गरेर निर्मलीकरण गर्न र उत्पादन फोहोरलाई व्यवस्थापन गर्न सार्वजनिक सूचनामार्फत अनुरोध गरेको छ।

प्रकाशित: २०८० माघ २९ गते सोमबार ०१:०२
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना