२०८३ कार्तिक १४ गते शुक्रबार

गुणस्तरीय शिक्षाको विकासमा केन्द्रित हुनुपर्नेमा राष्ट्रपतिको जोड

 |  रासस
Sanket

रासस

काठमाडौँ, फाल्गुण २
ramchandra_poudel
फाइल तस्विर।

पाँचथर- राष्ट्रपति रामचन्द्र पौडेलले अबको शिक्षा प्रणाली गुणस्तरीय शिक्षाको विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै त्यस निम्ति सम्बद्ध पक्षलाई इमानदारीपूर्वक काम गर्न आह्वान गरेका छन्।

पाँचथरको फिदिमस्थित पाँचथर बहुमुखी क्याम्पसले आर्थिक रूपमा आफूलाई सबल तुल्याउन अक्षयकोष स्थापना गर्ने उद्देश्यले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रियस्तको शिक्षा आजको आवश्यकता रहेको बताए।

‘हरेक व्यक्तिलाई व्यावसायिक, स्वावलम्बी र आत्मनिर्भर बनाउने शिक्षा आजको आवश्यकता हो। मुलुकको सर्वाङ्गिण विकासका निम्ति अध्ययन–अध्यापन प्रणालीमा सुधार अपरिहार्य छ,’ आधुनिक शिक्षाका माध्यमबाट राष्ट्रलाई सबल बनाउनुपर्नेमा जोड दिँदै राष्ट्रपतिले भने। सूचना प्रविधि, विश्वव्यापीकरण र आधुनिकताले ओतप्रोत भएको वर्तमान विश्वपरिवेशअनुसारको शिक्षा नीति र पाठ्यक्रमको विकासमा उनले जोड दिए।

‘प्रविधियुक्त प्रतिस्पर्धी तथा गुणस्तरीय पठनपाठन पद्धतिको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तर अनुरुपको शिक्षा विकास गर्नेतर्फ अबका हाम्रा कदम केन्द्रित हुनुपर्छ,’ राष्ट्रपति पौडेलले भने। उनले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी भएकाले श्रमको सम्मान गर्ने शिक्षाको विकासमा लाग्न आह्वान गरे।

राष्ट्रपति पौडेलले राष्ट्रका प्राकृतिक सम्पदाको अधिकतम सदुपयोग गरी कृषिको विकासमा लाग्नुपर्नेमा जोड दिए। उनले जलवायु परिवर्तनका प्रभावबारे गम्भीर हुन आग्रह गरे। साथै उनले स्वदेशमा पौरख गर्न युवा पुस्तालाई अनुरोध गरे। राष्ट्रपति पौडेलले समृद्धिका आधार कृषिको आधुनिकीकरण, पर्यटन क्षे त्रको विकास र ऊर्जा उत्पादन भएकाले यी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए। उनले पूर्वीय ज्ञान, परम्परा र सभ्यताको केन्द्र नेपाल भएकाले सबैतिर ज्ञानको ज्योति फैलाउन आवश्यक रहेको बताए।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले बहुलता र एकतालाई अङ्गिकार गरेको बताउँदै राष्ट्रपति पौडेलले सवल, समावेशी र उन्नत राष्ट्र निर्माण सबैको साझा दायित्व भएको बताए। पाँचथर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख खेमनाथ खतिवडाले घट्दो विद्यार्थी सङ्ख्या र स्रोत साधनको सीमिततालाई ध्यानमा राखेर क्याम्पस सञ्चालनका लागि दिगो अक्षयकोष स्थापना गर्ने उद्देश्यका साथ महायज्ञ आयोजना गरिएको बताए।

महायज्ञमा भागवत कथा वाचक दीनबन्धु पोखरेल, बौद्ध गुरु खेन्पो फुर्तेम्बा शेर्पा र मुन्धुमका प्रवचनकर्ता चन्द्रकुमार शेर्माले प्रवचन दिनेछन्। हालसम्म १५ हजार विद्यार्थीले उक्त क्याम्पसमा अध्ययन गरिसकेका छन्।

प्रकाशित: २०८० फाल्गुण २ गते बुधबार ०५:१५
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना