२०८३ कार्तिक ११ गते मङ्गलबार

येशुलाई भेट्ने नाममा भोकभोकै बस्दा ४ जनाको मृत्यु, ११ को उद्धार

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख १
kenya yeshu
सांकेतिक तस्बिर।

नैरोबी- केन्याको तटीय शहर मालिन्दीमा येशुलाई भेट्न भोकै बस्दा ४ जनाको मृत्यु हुनुका साथै अन्य ११ जनाको उद्धार गरिएको प्रहरीले शुक्रबार पुष्टि गरेको छ।

उक्त क्षेत्रको एक निजी फार्ममा दर्जनौं मानिस येशुलाई भेट्ने नाममा भोकभोकै बसिरहेको सूचना प्राप्त भएपछि प्रहरी उद्धारका लागि त्यहाँ पुगेको प्रहरीले एक सुरक्षा रिपोर्टमा जनाएको छ।

‘येशुलाई प्रत्यक्ष भेट्ने’ तरिकाको एक भाग हो भनेर बताइएपछि पीडितहरू भोक सहेरै त्यहाँ बसिरहेका थिए। उनीहरूलाई यस किसिमको प्रचार गरी येशुलाई भेट्न विश्वास दिलाउने व्यक्ति गुड न्यूज इन्टरनेसनल चर्चका पास्टर थिए। उनलाई यसअघि पनि यस्तै अपराधमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बिहीबार घटनास्थलको निरीक्षण गरेका सुरक्षा अधिकारीहरू केही घरधुरीमा पुग्न सफल भएका थिए र १५ जनालाई उद्धार गर्न सफल भएका थिए, जसमध्ये छ जनाको अवस्था गम्भीर थियो।

उद्धारपछि उनीहरूको उपचार सहयोग गर्न चिकित्सकलाई बोलाइएको थियो, तर यस क्रममा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

चर्चको भित्री सदस्य रहेका ती सूचनादाताले जङ्गलमा अज्ञात स्थानमा ३१ जनाको शव भेटिएको सामूहिक चिहानबारे प्रहरीलाई जानकारी गराएका थिए।

अधिकारीहरूले तटीय क्षेत्रमा बढ्दो धार्मिक वेथितिको निन्दा गर्दै यस मुद्दालाई सम्बोधन गर्न गम्भीर ध्यान र प्रयासको लागि आह्वान गरेका छन्।

प्रकाशित: २०८० बैशाख १ गते शुक्रबार ०९:५१
प्रतिक्रिया

थप समाचार

एल निनो तीव्र बन्दै, चरम खडेरी र मौसमी जोखिम बढ्ने

डब्लुएमओको मासिक विश्व मौसमी जलवायु अद्यावधिकअनुसार एल निनो अवस्था अहिले नै सुरु भइसकेको छ र जुलाईदेखि सेप्टेम्बरसम्म यो ‘बलियो’ स्तरमा पुग्ने उच्च सम्भावना रहेको छ।

जहाजको ल्यान्डिङ गियरमा लुकेर १३ वर्षीय बालक अफगानिस्तानबाट भारत पुगे

नयाँ दिल्ली –एक १३ वर्षीय बालक प्लेनको ल्यान्डिङ गियरमा लुकेर भारत पुगेका छन्। आइतबारको यो घटनापछि ती बालकलाई सोधपुछ गरी फेरि अफगानिस्तान फिर्ता पठाइएको छ। अफगानिस्तानको काम एयरलाइन्सको...

के अमर हुनु सम्भव छ ?

एजेन्सी। के अंग प्रत्यारोपणमार्फत अमर हुन सकिन्छ? यो रोचक विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच यसै साता बेइजिङमा चीनको सैन्य परेडको क्रममा भएको थियो। पुटिनले...

जेल बसेर रेकर्ड बनाएका व्यक्तिलाई १४ लाख डलर पुरस्कार!

टोकियो- हत्याको गलत आरोपमा दोषी ठहरिएर मृत्युदण्डको सजाय पाएका व्यक्ति जापानमा पुरस्कृत (क्षतिपूर्ति) भएका छन्। मृत्युदण्डको सजाय पाएर विश्वमा सबैभन्दा लामो समयसम्म जेल बसेका एक जापानी पुरुषलाई...

पोर्न फिल्म हेर्ने गरेको भन्दै १४ वर्षीय छोरालाई विष खुवाएर बुवाले गरे हत्या

काठमाडौं- १४ वर्षीया छोरालाई मारेको अभियोगमा भारतको महाराष्ट्रस्थित सोलापुर प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। ती व्यक्तिले छोरालाई विष खुवाएर हत्या गरेको प्रहरीको आरोप छ। मोबाइल फोनमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना