दाङ- ड्युटीमा रहेकी महिला प्रहरीको हत्या भएको छ। वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको हत्या भएको हो।
घोराही उपमहानगरपालिका–१५, दामोदर चोकमा ड्युटीमा रहेको बेला बिहीबार राति गोली प्रहारबाट मृत्यु भएको हो।
उनको ढाडमा तीन राउन्ड गोली लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
थापालाई उनकै श्रीमान् सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
झाँक्री तालिम केन्द्र नेपालगन्जमा कार्यरत छन्। बिहीबार उनी घोराही आएर श्रीमतीको गरेको हुन सक्ने प्रहरीको आशंका छ।
श्रीमानश्रीमतीबीच सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको बेला गोली हानी हत्या भएको प्रहरीले जनाएको छ।
झाँक्रीलाई अर्जुनखोलाबाट पक्राउ गरी अनुसन्धान थालिएको दाङ प्रहरीले जानकारी दिएको छ।


