२०८३ कार्तिक १२ गते बुधबार

नेपालमा कहिले आए मान्छे?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ४
nepalma_manxe

पोखरा- नेपालमा अहिले मुख्यगरी २ भाषालाई मूल भाषाको रुपमा लिइन्छः भोटबर्मेली भाषा र भारोपेली भाषा। तर, लामो समयदेखि भारतीय उपमहाद्विपका भाषा, संस्कृति, आनुवांशितामाथि अध्ययन गरिरहेका नेदरल्यान्ड्सका जर्ज भ्यान ड्रिम भन्छन्, ‘नेपालमा तेस्रो पनि भाषा समूह छ। त्यो कुसुन्डा भाषा हो। त्यो २ समूहसँग मिल्दैन।’

पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचरको ११औं संस्करणको दोस्रो दिन ‘नेपालमा कहिले मान्छे आए ?’ सेसनमा भ्यानले भोटबर्मेली र भारोपेली भाषा समूहभन्दा फरक समूहमा कुसुन्डा भाषा पर्ने दाबी गरेका हुन्। कुसुन्डा भाषा अहिले नेपालको लोपोन्मुख भाषाभित्र पर्दछ।
युरोपेली देश नेदरल्यान्डमा जन्मिएका जर्ज भ्यान ड्रिम नेपालमा आफ्नो परिचयले भन्दा पनि ‘सुरेश दाइ’ नामले परिचित छन्। पछिल्लो लामो समयदेखि उनी अध्ययन, अनुसन्धानकै क्रममा उनी नेपालमा छन्।

भाषाशास्त्री ड्रिमले नेपालमा कहिले मान्छे आएको भन्ने यकिन प्रमाण नभए पनि भाषाको उद्भवअनुसार भोटबर्मेलीहरु १० हजार वर्षअगाडि र भारोपेली भाषा ५ हजार वर्षअगाडि आएको देखिने बताए। यादव देवकोटाले सहजीकरण गरेको सत्रमा भाषाभास्त्री ड्रिमले नेपालमा कहिले मान्छे आए भन्ने तथ्य प्रमाणि गर्न डीएनए नै परीक्षण गर्नुपर्ने बताए। ‘तर, अहिलेसम्मको अध्ययनले मगर, लिम्बुलगायत जातजातिहरु १० हजार वर्षको समयदेखि अहिलेको नेपाल क्षेत्रमा बसोबास गर्दै आएको देखिन्छ,’ उनले भने।

भोट बर्मेली भाषाको उत्पत्ति पूर्वी हिमाली क्षेत्रमा भएको हालसम्मको प्रमाणले देखाउने ड्रिम सुनाउँछन्। ‘यो भनेको धौलागिरी देखि, इन्डोबर्मिज बोर्डरल्यान्डसम्म पर्छ। कुनैकुनै भाषामात्र योभन्दा बाहिर पर्छ,’ उनी भन्छन्। हालसम्म भोटबर्मेली भाषा आयातित भनिए पनि नेपालकै पूर्वी हिमाली क्षेत्रबाट उक्त भाषाको उत्पत्ति भएको दाबी उनको छ।

भाषाको बनोटको अर्को मूलस्रोतका रुपमा लिइएको भारोपेली भाषा पनि भारतीय भूगोलबाटै उत्पत्ति भएको तथ्य देखिने ड्रिमको भनाइ छ । ५ वर्षअगाडि यो क्षेत्रमा आएका उनीहरुको आनुवांशिकता भारतबाटै सुरु भएको देखिने उनले बताए । ‘उनीहरु लगभग यो क्षेत्रमा ५ हजार वर्षअगाडिमात्रै आएका हुन्। तर, उनीहरुको आनुवंशिकता इन्डियाबाटै सुरु भएको देखिन्छ’, ड्रिमले भने, ‘फेरि युरोप गएर फेरि भारतमै आएको देखिन्छ।’

नेदरल्यान्डका भ्यान ड्रिम भारतीय उपमहाद्विपमा बढी चर्चित छन् । यो भूगोलमा उनी आफ्नो वास्तविक नामभन्दा पनि बढी ‘सुरेश दाइ’ले परिचित छन् । ‘सुरेश दाइ’ भारतीय महाद्विपका भाषा, संस्कृति, आनुवांशिता र वनस्पतिमाथि लामो समयदेखि अध्ययन, अनुसन्धान गर्दै आएका छन् । त्यसैले उनी पछिल्लो समय आफ्नो देशभन्दा पनि बढी समय नेपालमै बिताइरहेका छन्।

नेपाली भाषा, संस्कृतिमाथि पनि अध्ययन अनुसन्धान गरेका उनै सुरेश दाइले किराती समुदायको मुख्य भाषा ‘लिम्बु भाषा’ माथि पनि अ ग्रामर अफ लिम्बु कृति पनि प्रकाशन गरेका छन्। त्यसबाहेक उनको द टेल्स अफ टी, ल्यांग्वेज अफ दी हिमालय लगायत कृति प्रकाशित छन् भने सयौं अन्तर्राष्ट्रिय जर्नलमा आफ्नो अनुसन्धानात्मक लेख प्रकाशन गरिसकेका छन्।

प्रकाशित: २०८० फाल्गुण ४ गते शुक्रबार ०३:३०
प्रतिक्रिया

थप समाचार

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...

किसानलाई दूधको उचित मूल्य खोइ?

दाङ: यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना