२०८३ कार्तिक १२ गते बुधबार

आँखैअघि गौरीशंकर [फोटो फिचर]

 |  मनिष अर्याल
Sanket

मनिष अर्याल

काठमाडौँ, फाल्गुण ५
cherdung_dolakha-6

दोलखा- वसन्त ऋतुको आगमन सँगै घुमफिरमा जानेहरू बढ्न थालेका छन्। काठमाडौँबाट एक दिनको ड्राइभमा पुग्न सकिने चेर्दुङमा पर्यटकीय गतिविधि बढ्न थालेको छ। गारीशंकर हिमालदेखि सगरमाथा र नुम्बुरसम्मका रमणीय स्थान नियाल्न सकिने भएकाले चेर्दुङप्रति पर्यटक आकर्षित हुने गरेका हुन्।

दोलखा जिल्लाको जिरीको शिर भएर उभिएको सुन्दर डाँडा हो चेर्दुङ। यसको सुन्दरताका कारण कतिपयले यसलाई ‘नेपालको स्वीटरल्यान्ड’ पनि भन्ने गरेका छन्। जिरीलाई काखमा राखेर चेर्दुङ डाँडाले अभिभावकत्वको भूमिका निभाईरहेको चेर्दुङ समुन्द्र समहबाट करिब ३७०० मिटरको उचाईमा छ।

प्राकृतिक मनोरम र सांस्कृतिक वैभवका रूपमा हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल पनि हो। डाँडाको सुन्दर पाखामा खुल्ला आकाशमुनि महादेव शीला छ। भक्तजनले चढाएका त्रिशूल प्रशस्तै छन्। ध्वजा तथा पाताकाले शीलालाई सिँगारिएको छ। वरिपरि लुङ्दर टाँगिएको छन्। चण्डीपूर्णिमा र राम्बोले पूर्णिमामा यहाँ विशेष मेला लाग्दछ। यहाँ पूजा गर्नाले रोगव्याधि नलाग्ने, चिताएको पुग्ने र जंगली जनावरले दुःख नदिने जनविश्वास छ।

चेर्दुङ डाँडैबाट सगरमाथाको चुचुरो देखिनुका साथै गौरीशंकर र नुम्बुर हिमाल आँखै अगाडि ठोकिन पुग्छन्। रामदुङ, छेकिगो, टासीलाप्सा, आमाबामरेजस्ता दर्जनौं हिमशृंखलाको मनोरम दृश्य देख्न सकिन्छ। डाँडाबाट दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बुलगायतका दृश्य हेर्न पाइन्छ।

डाँडैबाट सूर्योदय र सूर्यास्तको आनन्द लिन सकिन्छ। बाटोमा चेर्दुङ नपुग्दै बाटोमा क्याङसे पोखरी रहेको छ। उक्त पोखरी सानो भए पनि मनै लोभ्याउने छ। रूखको छायाँमा बसेको सुन्दर पोखरी क्याङ्से नजिकै सानो चौरीगोठ छन्। वरपर रूखहरू भएता पनि पोखरीमा रूखको पातहरू खसेपछि कुनै न कुनै चरा आएर लिएर जाने गरेकाले त्यस पोखरीमा पात हुँदैन। यहीँ पोखरीमा चौरीले पानी पिउँदा रहेछन्।

जिरी बजारबाट करिब ३–४ घण्टाको पैदल दूरीमा रहेको यो पोखरीसम्म गाडीमा जाने हो भने करिब १ घण्टामै पुगिन्छ। यहाँ पोखरी वरपरको सुन्दर हरियाली पाखा पखेरासँगै चराचुरूङ्गीका भाका सुन्न पाइन्छ। यहाँ गोठमा छुर्पी बनाईरहेको हेर्न र चाख्न पनि पाईन्छ। यहाँ पोखरीमा पूजा गर्नाले दैवी विपत्ती नआउने, मौसम राम्रो हुने र आकाश खुल्ने जनविश्वास रहेछ।

कसरी पुग्ने चेर्दुङ?
जिरी नगरपालिकाको धेरै ठाउँबाट चेर्दुङ पदयात्रा गर्न सकिन्छ। जिरीबजार–गोकुलगंगा पार्क–रमिते डाँडा–पटासे डाडा–क्याङ्से पोखरी–चेर्दुङ पुग्न पैदल गए ७ घण्टा लाग्छ।

मोटरबाटोबाट जाँदा जिरी बजार –रातमाटे–कुथामे–जोरमाने–क्याङ्से पोखरीसम्म मोटर लिएर जान सकिन्छ। त्यहाँबाट ३ घण्टा पैदलयात्रा गरेपछि चेर्दुङ डाँडा पुग्न सकिन्छ ।

-नेपाल फोटो लाइब्रेरी

प्रकाशित: २०८० फाल्गुण ५ गते शनिवार ०१:१२
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

काठमाडौं उपत्यकामा खुम्चिँदैछ खेतीयोग्य जमिन (तस्विरहरू)

काठमाडौँ उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो। उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो। परालका कुन्युहरूको आकर्षण खास हुने...

सुनसान बन्यो काठमाडौँ उपत्यका: सडक खाली, पसल बन्द (तस्बिरहरू)

दशैँ मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ। सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसायसमेत...

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली (तस्बिर)

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना