रौतहट- रौतहटमा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको छ। गढीमाई नगरपालिका-८ धोबिनियामा गोली चल्दा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
गोली लागेर मृत्यु हुनेमा राजकुमार राय यादव छन्। गोली लागी घाइते भएका उनलाई उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो।
गोली लागी रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन्। घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको छ।


