२०८३ साउन १३ गते बुधबार

विकास र सुविधाले पनि रोकिएन बसाइँसराइ   

 |  रासस
Sanket

रासस

काठमाडौँ, फाल्गुण १२
basai_sarai

म्याग्दी- घर अगाडीको सडकमा सवारी साधन गुडीरहन्छन्। सवारी साधनमा मानिस कम र खाद्यान्नलगायत अन्य उपभोग्य र निर्माण सामग्री बढी हुन्छन्। सडकबाट धेरै जसो घरमा ताल्चा लगाइएको र घरवरिपरि वनमाराको झाडी देखिन्छ।

यो दृश्य पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ मा पर्ने दिच्याम गाउँको हो। यहाँका दिच्याम, निस्कोट, रुम, देविस्थानलगायत गाउँमा हिजोआज यस्तो दृश्य देखिन थालेको छ। करिब डेढ दशक अघिसम्म म्याग्दीका यी गाउँहरु रमाइला दखिन्थ्ये। गाउँघरमा वरपर, तल–माथि बस्ती बाक्लो थियो । सबै घरमा मानिस भरिभराउ हुन्थे। चाडपर्वमा गाउँमा छुट्टै रौनक र उल्लासमय वातावरण हुने गर्दथ्यो।

साथीभाइको ठूलो जमघट हुने गर्दथ्यो। दसैँ तथा विभिन्न मेलामहोत्सवमा गाउँ भरिभराउ देखिन्थ्यो। तर अहिले अवस्था फेरिएको छ। ढुङ्गा र खरले छाएका, रातोमाटो र सेतो कमेरोलो पोतिएका चिटिक्कका घरहरु भत्किएर खण्डहरमा परिणत भएका छन्। फराकिलो आँगनमा पाती र बनमारा उम्रिएको छ। करेसाबारी स्याल र बाँदर लुक्ने झाडी बनेका छन्। घर नजिकै अमिलो, अम्बा, कागती र सुन्तलाका बोटहरु मलजल र स्याहार नपाएर सुक्न थालेका छन्। हिजोआज गाउँको स्वरुप बिग्रिएको छ । रमाइला गाउँहरु अहिले उराठिला बन्दै जान थालेका छन्।

मलिका–६ का टेकबहादुर सिउथानीले भने, ‘संघीयताको मर्म अनुसार विकेन्द्रिकरणको नीति गाउँमा पुगेको छ । विकासका कारण विकट गाउँ सुगम बनेका छन्। पहरा फोरेर बनाइएका सडक हुँदै गाउँमा गाडी गुडेका छन्। सहरबजारका भन्दा पूर्वाधार सम्पन्न विद्यालयहरु गाउँमा ठडिएका छन् । स्वास्थ्यचौकी गाउँमै छन्। सञ्चारको सुविधा पुगेको छ। तर पनि गाउँमा बस्ने मानिसहरु घट्दै गएका छन्।’

विकास थपिँदै गएपनि गाउँमा बस्ने मानिसहरु घट्दै गएका मङ्गला गाउँपालिका–५ का विकल सेनले बताए। गाउँमा सुविधाको कमी छैन। अवसर पनि प्रशस्तै छन् भन्दै गाउँका मानिस बढी महत्काङ्क्षी बन्दै गएपछि सहर केन्द्रित हुँदै गएको उनको भनाइ थियो।

‘घरघरमा चौविसैँ घण्टा पानी आउने धारा छन् । वरिपरि उर्वर खेतबारी छ। विद्यालय पाँच मिनेटमा पुग्न सकिन्छ। स्वास्थ्यचौकी गाउँमै छ। गाडी बस्तीबस्तीमा पुग्छ। सूचना प्रविधिका कारण विश्वको जुनसुकै कुनामा रहेका आफन्तसँग हरेक क्षण सम्पर्कमा रहन सकिन्छ,’ सेनले भने, ‘यी सबै सुविधाहरु गाउँमा हुँदाहुँदै पनि गाउँहरु खाली हुँदै जानु विडम्बना हो।’

२०६८ मा एक घर परिवार भित्र चार दशमलव शून्य नौ जनाको परिवार रहेकामा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को नतिजामा तीन दशमलव ६७ जना मात्र बस्ने गरेको देखिन्छ। ग्रामिण क्षेत्रबाट सुविधाको खोजीमा बाहिरिनेको सङ्ख्या उकालो लागेको जनगणना कार्यालय म्याग्दीले जनाएको छ।

जिल्लास्थित जनगणना कार्यालयले सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार भारत सहित तेस्रो मुलुकमा म्याग्दीबाट कुल विदेशिनेको सङ्ख्या १० हजार सात सय १३ रहेको छ । जसमा पुरुष आठ हजार आठ सय ४३ र महिला एक हजार आठ सय ७० रहेको छ।

लैङ्गिक अनुपात ९५.८७, औसत परिवारको आकार ३.६७ र जनघनत्व ४७ रहेको छ। जिल्लाको कूल जनसङ्ख्याको घरपरिवारमा अनुपस्थित अर्थात प्रायः विदेशमा बसोबास गर्ने ०.४९ प्रतिशत रहेको छ। वैदेशिक रोजगारीमा महिलाको तुलनामा पुरुषको सङ्ख्या अत्याधिक छ। पछिल्ला वर्षमा महिलासमेत तेस्रो राष्ट्रमा रोजगारीका लागि जाने प्रतिस्पर्धा भएकाले महिला र पुरुषको जनसङ्ख्याको अन्तर घट्दो रहेको जनाइएको छ।

‘अहिले गाउँको अवस्था मौसमी बनेको छ । चाडपर्व र प्राकृतिक विपत्तिमा मात्र सहर वा विदेशबाट मानिसहरु गाउँ फर्कने गर्दछन्। गाउँमा बसुन्जेलसम्म गाउँको विकास र राजनीतिको विषयमा निकै चिन्तित भएको देखाउँछन्। फर्केपछि गाउँलाई चटक्कै बिर्सन्छन्,’ बेनी नगरपालिकाका कृष्ण पौडेलले भने। सहर वा विदेशबाट निर्वाचनको समयमा गाउँ फर्केनेले गाउँको राजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने उहाँको भनाइ थियो।

सहर वा विदेश निर्वाचनका समयमा आउनेले गाउँमा रहेका आफन्त र सोझासाझा जनतालाई भ्रममा पर्ने गरेको अनुभव रहेको मङ्गला–४ का झकबहादुर विश्वकर्माले बताए। ‘गाउँमा आपतविपद् पर्दा, कोही बिरामी भएर उपचार गराउन आर्थिक समस्या हुँदा, सहर र विदेशमा रहेका गाउँका व्यक्तिले सहयोग पनि गर्छन्। पढेलेखेका व्यक्ति गाउँमा आउँदा गाउँ रमाइलो हुन्छ। गाउँका विद्यालय, आमा समूह, युवा क्लाबलगायत सङ्घसंस्थालाई आर्थिक सहयोग पनि गर्छन्,’ उनले भने।

बसाइँसराइका कारण ग्रामिण क्षेत्रका विद्यालयमा विद्यार्थीको सङ्ख्या पनि कमी हुँदै गएको छ। ‘युवाहरू विदेशमा छन्। अशक्त वृद्धवृद्धाको सेवा गर्नेको समेत कमी छ,’ रघुगङ्गा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुञ्जाले भने। गाउँघरसँगै यहाँका विद्यालयमा पनि विद्यार्थीको कमी हुन थालेको उनको भनाइ थियो।

म्याग्दीमा २०६८ सालको जनगणना अनुसार एक लाख १३ हजार ६४१ जना जनसङ्ख्या रहेकामा २०७८ को नतीजामा एक लाख सात हजार ३७२ जना उल्लेख गरिएको छ।

प्रकाशित: २०८० फाल्गुण १२ गते शनिवार ०५:१४
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना