काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०८० प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई प्रदान गरेका छन्।
वर्तमान संविधान निर्माणक्रममा समन्वयकारी भूमिका निर्वाह गरेर संविधानसभाबाट जनताले बनाएको संविधान जारी गर्ने महत्वपूर्ण योगदान पुर्याएको भन्दै महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले यादवलाई गरेको सम्मान राष्ट्रपति पौडेलले हस्तान्तरण गरेका हुन्।
वर्तमान संविधान निर्माणका क्रममा समन्वयकारी भूमिका निर्वाह गरेर संविधानसभाले बनाएको संविधान जारी गर्ने महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै प्रतिष्ठानले यादवलाई सम्मान गरेको हो।
महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्धारा आइतबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित १०३औँ महेन्द्रनारायण निधि जन्मजयन्ती पुरस्कार तथा सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले प्रथम राष्ट्रपति डा यादवलाई सो पुरस्कार प्रदान गरेका हुन्।
यस्तै, महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०७९, लोकतान्त्रिक आन्दोलनका अग्रज योगप्रसाद उपाध्याय, प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०८० समाजसेवी दुर्गा घिमिरे तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०७९ संगीत साधक सरिता मिश्रलाई सो अवसरमा राष्ट्रपति पौडेलले प्रदान गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीति शासन र सुशासनलाई सुदृढ, व्यवस्थित र विधिसम्मत बनाउँदै देश, जनता र समाजको सर्वोत्तम हितमै केन्द्रित हुनुपर्नेमा जोड दिए। उनले स्वर्गीय निधिको भूमिका र योगदान पनि स्मरण गरेका थिए।
‘२००७ सालको क्रान्तिदेखि नै लोकतन्त्र स्थापना र पुनस्र्थापनाका आन्दोलनहरूमा अग्रपंतिmमा रहेर सदैव सक्रिय रहनुभएका महेन्द्रनारायण निधि नेपालको लोकतान्त्रिक आन्दोलनका शीर्ष तथा गान्धीवादी नेता हुनुन्थ्यो, निधिजीको स्मृति दिवसमा म उहाँंप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु,’ राष्ट्रपति पौडेलले भने।


