२०८३ कार्तिक २३ गते आईतबार

प्राङ्गारिक कृषिउपजको उत्पादन बढाउन जोड

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १४
praa

लुम्बिनी- प्राङ्गारिक कृषिउपजको बजार बढ्दै गएकाले यसको उत्पादन पनि बढाउनुपर्नेमा बिज्ञहरुले जोड दिएका छन्। बुटवल उद्योग वाणिज्य सङ्घ र लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा बुटवलमा सञ्चालित राष्ट्रिय प्राङ्गारिक कृषि मेलामा आइतबार आयोजना गरिएको कृषि वस्तुको बजारीकरणसम्बन्धी अन्तक्र्रियामा सो कुरामा जोड दिएका हुन्। पछिल्लो समयमा विश्वसँगै नेपालभित्रै पनि रैथाने र प्राङ्गारिक कृषि वस्तुको माग बढ्दै गएको सरोकारवाला तथा विज्ञले जनाएका छन्।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कृषि उद्यम केन्द्र नेपाल, उद्योग वाणिज्य महासङ्घका कायममुकायम प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र जोशीले रैथाने र प्राङ्गारिक कृषि वस्तुको बजार बढ्दै गएकाले अहिले भइरहेको प्राङ्गारिक उत्पादनले बजार माग पूरा गर्न नसक्ने हुनाले उत्पादन बढाउनुपर्नेमा जोड दिए। उनले विस्तारै यसको बजार बढ्दै जाने भएकाले किसानले उत्पादन गर्ने कृषिउपजलाई प्राङ्गारिकरण गर्दै जानुपर्ने बताए।

‘प्राङ्गारिकको माग बढ्दै जाँदा त्यसबाट किसानले पनि लाभ लिन सक्नेछन्। प्राङ्गारिक उत्पादन नेपालको माटो सुहाउँदो कुरा पनि हो’, उनले भने, ‘यसले उत्पादन लागत पनि घटाउँछ भने मलखाद नपाउने समस्या पनि रहन्न। तर प्राङ्गारिक हो भन्ने कुराको प्रमाणीकरणको प्रबन्ध मिलाउनुपर्ने किसानको मत छ।’ प्राङ्गारिक प्रमाणीकरण नहुँदा अप्राङ्गारिकलाई पनि प्राङ्गारिक भनेर उपभोक्ता झुक्याउने सम्भावना रहेकाले त्यसको व्यवस्था सरकारले मिलाउनुपर्ने उनले बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ कृषि उद्यम केन्द्रका बोर्ड सदस्य झलकलाल श्रेष्ठले तीनै तहका सरकारसँग कृषिको कुनै प्रकारको तथ्याङ्क नभएको बताउँदै यसले कृषिको व्यावसायिक विकास हुन नसक्ने बताए। त्यस अवसरमा सङ्घका अध्यक्ष तथा मेला सम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले अन्तक्र्रियामा उठेका कुरालाई लिपिबद्ध गरेर समस्या समाधानका लागि सम्बन्धित तहमा पहल र पैरवी गरिने बताए। उनले कृषिलाई प्रवद्र्धन गर्न सकियो भने राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान हुने र कृषिमा लगानी तथा युवा आकर्षण गरी उद्यमशीलतासँगै रोजगारीको सिर्जना पनि हुने भएकाले कृषिको प्रवद्र्धनको लागि सङ्घले पहलकदमी लिइएको जानकारी गराए।

कार्यक्रममा सङ्घका कृषि परामर्शदाता डा प्रदीप शर्मा पौडेल, हेफर इन्टरनेसनलका एसोसियट डाइरेक्टर डा राम अधिकारी, बुटवल उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसीलगायतले नागरिको स्वास्थ्यको दृष्टिकोणले अस्पतालमा भन्दा पनि स्वस्थ्यकर खाद्य वस्तुको उत्पादनमा जोड दिनुपर्ने बताए।

प्रकाशित: २०८० फाल्गुण १४ गते सोमबार ०७:५५
प्रतिक्रिया

थप समाचार

सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत: श्रमिकको ज्याला खातामा, सामाजिक सुरक्षा अनिवार्य

कार्यविधिअनुसार निर्माण र परामर्श सेवामा रोजगारदाताको २० प्रतिशत सामाजिक सुरक्षा योगदानमध्ये १० प्रतिशत सरकारले व्यहोर्नेछ।

वनको कानुनमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रशारण लाइनको काम

सुर्खेत: कर्णाली प्रदेशमा गुणस्तरीय बिजुली पुर्‍याउन थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वन सम्बन्धी कानुनी झन्झटमा अल्झिएको छ। कोहलपुर–सुर्खेत–दैलेख आयोजनाअन्तर्गतको यो खण्ड...

कालीमाटीमा तिहारका लागि फूल किन्ने र बेच्नेको चहलपहल (फोटो)

तिहार नजिकिएसँगै काठमाडौंको कालीमाटी बजारमा फूल किन्ने र बेच्नेहरूको चहलपहल बढेको छ। बजारमा सयपत्री र मखमली फूल तथा फूलमाला बिक्रीका लागि राखिएका छन्। तिहारमा घर सजाउन, पूजाआजा गर्न र दिदीबहिनीले...

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?

आज लक्ष्मीपूजा, धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदै

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कार्तिक कृष्ण औँसीका दिन घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदैछ । लक्ष्मीपूजाका दिन घर, आँगन तथा पसलहरू...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना