काठमाडौं- १४ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गुरुङलाई काठमाडौंको सामाखुसीबाट पक्राउ गरेको हो।
फ्लाई दुबईबाट आएका चन्द्र घलेको साथबाट मंसिर २१ गते १४ किलो सुन बरामद भएको थियो।
उक्त प्रकरणमा अनुसन्धानपछि जिल्ला अदालत, काठमाडौँमा दायर मुद्दामा उनलाई प्रतिवादी बनाइएको थियो।
यो गिरोहले ल्याएको सुन अध्यागमन क्षेत्रमा रहेको शौचालयमा लुकाएर कर्मचारीकै मिलेमतोमा बाहिर ल्याउने गरिएको अनुसन्धानबाट खुलेको थियो।


