२०८३ कार्तिक १६ गते आईतबार

झापा : सडक दुर्घटनाबाट ७ महिनामै ४९ जनाको मृत्यु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

झापा, फाल्गुण १५
ai_accident
एआईले बनाएको सडक दुर्घटनाको सांकेतिक तस्बिर।

झापा-  झापामा सवारी दुर्घटनामा परी पछिल्लो सात महिनामा ४९ जनाको मृत्यु भएको छ।

चालु आवको माघसम्म भएका दुई ८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए।

ती दुर्घटनामा परी ४२ जना पुरुष, ६ महिला र एक बालिकाको मृत्यु भएको छ।

साउनमा पाँच, भदौमा सात, असोजमा तीन, कात्तिकमा १३, मङ्सिरमा चार, पुसमा १० र माघमा चार जनाको मृत्यु भएको ट्राफिक कार्यालयले जनाएको छ। ती दुर्घटनामा चार सय १४ वटा सवारी संलग्न छन्।

जसमध्ये अधिकांश मोटरसाइकल दुई सय ६० वटा छन्। ती दुर्घटनामा परी ८२ जना शक्त घाइते भएका थिए भने तीन सय ५० जना सामान्य घाइते भए।

सोही अवधिमा कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने २९ हजार आठ सय ७१ सवारी साधनबाट रू दई करोड चार लाख ५५ हजार छ सय ५१ राजस्व सङ्कलन गरेको छ।

कार्यालयले नियम उल्लङ्घन गर्ने ट्रक पाँच हजार नौ सय २६, ट्रिपर छ सय ६६, बस एक हजार पाँच सय ४०, कार/जीप नौ हजार सात सय २७, ट्रयाक्टर एक हजार तीन सय एक, मोटरसाइकल आठ हजार पाँच सय २२, टेम्पो-अटो-सिटी सफारी दुई हजार एक ५० र अन्य ३९ वटालाई कारबाही गरी उक्त राजस्व असूल गरेको हो।

सोही अवधिमा कार्यालयले ट्राफिक सचेतना अभिवृद्धिका लागि दुई हजार एक सय ५८ पटक विविध कार्यक्रम गरी ८१ हजार नौ सय ४४ जनालाई सचेत गराएको जनाइएको छ।

प्रकाशित: २०८० फाल्गुण १५ गते मङ्गलबार ११:४४
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना