काठमाडौँ– सामाजिक सञ्जालमा पूर्वयुवराज पारस शाहले स्कुल बसलाई ‘पेस्तोल ताकेको’ भनी समाजिक सञ्जालमा आलोचना भइरहेको छ। सनराइज बोर्डिङ्गका विद्यार्थी बोकेको बसका चालकलाई ‘पेस्तोल ताकेको’ भन्दै सामाजिक संजालमा आलोचना सुरु भएको हो।
भरतपुर–८ मा गौरीगञ्ज सल्यनी रुटमा विद्यार्थी ओरालेर गाडी मोड्न खोज्दा पारसले पछाडिबाट हर्न बजाएको र मोड्न ढिला भएपछि गाडिबाट ओर्लिएर पेस्तोल ताकेको सामाजिक संजाल प्रयोगकर्ताको दाबी छ।
के पारसले यसरी स्कुलबसलाई पेस्तोल ताकेकै थिए त? यो विषयमा प्रहरीले भने कुनै जानकारी आफूहरूलाई नआएको बताएको छ।
चितवनका एसपी भावेश रिमालले घटनाबारे प्रहरीलाई कुनै सूचना नभएको बताए।
पूर्वयुवराज पारस शाह अहिले गैंडाकोटमा छन्। पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मीसँगै उनी चितवन गएका थिए। बाबुआमा फर्किएपनि पारस भने गैँडाकोटमा नै छन्।


