काठमाडौं- राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले निषेधित क्षेत्र तोड्ने प्रयास गरेको छ। अभियानले कमलपोखरी बाट मार्च पास गर्दै भद्रकाली आएर निषेधित क्षेत्र प्रवेश गर्ने क्रममा प्रहरीसँग मुठभेड समेत भएको छ। अभियानले माइतीघर खुला गर्न माग गर्दै प्रदर्शन गरेको थियो। प्रदर्शन भद्रकालीमा आइपुग्दा प्रहरीले रोकेको थियो।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका महतोले सोमबार (१४ फागुन) राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियान घोषणा गरेका थिए । महतो समूहको उपत्यका विशेष ब्यूरोले निषेधित क्षेत्र तोड्ने आन्दोलन आयोजना गरेको थियो।


