काठमाडौं– स्वघोषित अभियन्ता शर्मिला वाइवालाई प्रहरीले पक्राउ गरेको छ।
कुटपिटको आरोपमा जाहेरी परेपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनीयतामा प्रवेश गरेको र कुटपिटसमेत गरेको भन्दै पीडितले जाहेरी दिएका छन्।
उनलाई अहिले काठमाडौं ल्याउँदैछ।


