पोखरा- सेती नदीमा माछा मार्न गएका पुरुष बेपत्ता भएका छन्। फागुन १३ गते सेतीमा माछा मार्न गएका उनी अझसम्म बेपत्ता छन्।
यसरी बेपत्ता हुनेमा पोखरा महानगरपालिका वडा नं. १ सिम्पानी बस्ने रक्से भनी चिनिने सार्की लामा तामाङ (मान बहादुर तामाङ) छन्।
माछा मार्न भनेर घरबाट निस्केका तामाङ नफर्किएपछि आफन्तले खोजीका लागि प्रहरीमा अनुरोध गरेका थिए। यसपछि तत्कालै प्रहरीले उनको खोजी थालेको थियो।
पहिलो चरणमा खोज्दा नभेटिएपछि पोखरा मनपा-१६ दिपस्थित ड्यामसमेत खोलिएको थियो।
ड्याम खोलेर नदीमा पानीको बहाव बढाएर खोजतलास गर्दा पनि नभेटिएको कास्की प्रहरीले जानकारी दिएको छ।


