२०८३ कार्तिक १६ गते आईतबार

एचआईभी संक्रमितलाई नि:शुल्क कानुनी सेवा आवश्यक : बार अध्यक्ष घिमिरे

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १७
kanuni

काठमाडौँ-  नेपाल बार एसोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले एचआइभी संक्रमितहरूको क्षेत्रमा नि:शुल्क कानुनी सेवाको आवश्यकता रहेको बताएका छन्। रिकभरिङ नेपाल र युएनडिपीले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा वरिष्ठ अधिवक्ता घिमिरले प्रो–वोनो सेवा एचआइभी संक्रमितहरूको क्षेत्रमा अति आवश्यक भएको बताए।

सातै प्रदेशका कानून व्यवसायीहरूको सहभागितामा भएको एक दिने कार्यक्रममा कसरी एचआइभी संक्रमितहरूको क्षेत्रमा नि:शुल्क कानूनी परामर्श दिन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो।

अध्यक्ष घिमिरेले कानून व्यवसायीहरूलाई सेवाको दौरानमा प्रो–वोनो सेवालाई सँगै लैजान आग्रह गरे। प्रो–वोनो सेवा विशेष गरी पैसा नभएर कानून व्यवसायी राख्न नसक्नेहरूका लागि प्रयोग गरिदै आएको छ।

‘विश्वका धेरै देशहरूमा यो सेवा सुरु भइसकेको छ। नेपालमा पनि यसलाई प्रयोगमा ल्याउन आवश्यक भएको छ,’ उनले भने, ‘कानून व्यवसाय नेपाल बारको संस्कृति जस्तो भएको छ। कानून व्यवसायी सामाजिक इन्जिनियर भएपनि यसलाई नि:शुल्कका रुपमा अंगाल्न थालिएको छैन।’

उनले नेपालमा पनि विस्तारै प्रो–वोनो सेवा गर्नेहरू संगठित हुन थालेको बताए। ‘देशभर २१ हजार बढी कानून व्यवसायी छन्, तर ६५ जना कानून व्यवसायीले सरकारी अदालतमा पैसा नभएर वकिल राख्न नसकेकाहरूको पक्षमा वकालत गर्ने भन्दै सूचीकृत भएका छन्,’ उनले भने, ‘म यही अवसरमा देशभरका कानून व्यवसायीहरुलाई सेवाभावले पनि काम गर्न आग्रह गर्दछु।’

एचआइभी संक्रमित समाज र परिवारबाट समेत अपहेलित हुनुपरेका कारण कतिपयलाई कानूनी सेवाका लागि आर्थिक जोहो गर्न ज्यादै कठिन पर्ने गरेको भन्दै उनीहरुका लागि नि:शुल्क कानूनी सहयोगको खाँचो रहेकोमा उनले जोड दिए।

प्रकाशित: २०८० फाल्गुण १७ गते बिहिबार १०:२९
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना