काठमाडौँ- काठमाडौं महानगरको निर्णय विरुद्ध महानगरभित्रका कवाडी संकलकले विरोध प्रदर्शन र्याली निकालेका छन्।
अनधिकृत रूपमा रहेका संकलन केन्द्रहरुमा महानगरले डोजर चलाउन लागेपछि कवाडी संकलक विरोधमा उत्रिएका हुन्।
यसअघि महानगरले सडक व्याापारीमाथि निर्मम कुटपिट गरेको थियो।
महानगरले भने आफूहरूले कुटपिट नगरेको बरु प्रतिरक्षा गरेको जिकिर गर्दै आएको छ।
महानगरले नागरिकमाथि निर्घात कुटपिट गरेपछि मेयर बालेन्द्र साहको विरोध भइरहेको छ।









-नेपाल फोटो लाइब्रेरी


