काठमाडौँ- सेनाको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ। रामेछापको दोरम्बा शैलुङ गाउँपालिका –२ दोरम्बाकी ४१ वर्षीया सपना तामाङलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको हो।
सुत्केरी हुन नसकेर पीडामा परेकी तामाङलाई रामेछाप प्रदेश (ख) का सांसद युवराज चौलागाईँको विशेष पहलमा नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि शुक्रवार काठमाडौँको प्रसूति गृहमा ल्याएको छ।
तामाङको उद्धारका लागि आफूले बागमती प्रदेश सरकारको तर्फबाट निःशुल्क हेलिकप्टरको व्यवस्था गरिदिन बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेललाई आग्रह गरेपछि महिलाको उद्धार भएको सांसद चौलागाईँले बताए।


