२०८३ कार्तिक १६ गते आईतबार

भारतको मानवरचना इन्स्टिच्युटले नेपालीलाई छात्रवृत्ति दिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १८
manav-rachna-international-institute-of-research-and-studies-faridabad-campus-photo

काठमाडौँ– भारतको मानव रचनाविश्वविद्यालयअन्तर्गतको मानवरचना इन्टरनेसनल इन्स्टिच्युट अफ रिसर्च एन्ड स्टडिजले नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ।

नयाँदिल्लीस्थित इन्स्टिच्युटले शुक्रबार काठमाडौँमा इन्फोसेसन कार्यक्रम आयोजना गरी नेपाली विद्यार्थीलाई ५० प्रतिशतसम्म छात्रवृत्ति दिने जानकारी गराएको हो।

छिमेकका विद्यार्थीलाई सहुलियत शुल्कमा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षामा पहुँच पुर्‍याउनका लागि नेपाली विद्यार्थीका लागि छात्रवृत्ति योजना ल्याउन लागिएको इन्स्टिच्युटको दाबी छ।

कार्यक्रममा बोल्दै इन्स्टिच्युटकी मार्केटिङ डेपुटी जनरल म्यानेजर अञ्जली बालाचन्दरनले विद्यार्थीलाई उद्यमशील बन्ने प्रेरित गर्ने गरी अध्यापन गराउने भएकाले पछिल्ला दिनमा इन्स्टिच्युटमा विभिन्न देशका विद्यार्थीको आकर्षण बढेको बताइन्।

‘मानवरचना गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई अध्ययन पश्चात रोजगारीको अवसर सृजना गर्न पनि तत्पर छ। विद्यार्थीले यहाँ अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्छन्,’ उनले भनिन्, ‘विद्यार्थीलाई उद्यमशिल हुने ढंगबाट विश्वविद्यालयले अध्यापन गराउँछ।’

विगत १३ वर्षदेखि इन्डोग्लोबल फाउन्डेसनले इन्स्टिच्युटका लागि भर्ना हुन चाहने विद्यार्थीका लागि शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएको छ। फाउन्डेसनका प्रबन्ध निर्देशक सुदन चौहानले मानवरचना गुणस्तरीय शिक्षा प्रदान गर्न कटिबद्ध रहेको र त्यहाँ अध्ययन गरेका विद्यार्थीले गरेको प्रदर्शनबाट आफू सन्तुष्ट भएको बताए।

‘विद्यार्थीले मानवरचनाबाट गुणस्तरीय शिक्षामात्रै पाएका छैनन्। अध्ययन पश्चात आफ्नो क्षेत्रमा अब्बल सावित पनि भएका छन्,’ उनले भने। यस विश्वविद्यालयबाट दुई सय भन्दा बढि नेपाली विद्यार्थीहरू लाभान्वित भइसकेको उनको भनाइ छ।

मानवरचना विश्वविद्यालयका संस्थापक शिक्षाविद् डा. ओपी भल्ला हुन्। उनले गुणस्तरीय इन्जिनियरिङ र व्यवस्थापन तर्फका जनशक्ति उत्पादन गर्ने उद्देश्यले यस शिक्षणसंस्थाको स्थापना गरेका हुन्।

डिम्ड टु बी युनिभर्सिटिको रुपमा सञ्चालित यस संस्थाले इन्जिनियरिङ, व्यवस्थापन, मनोविज्ञान, अर्थशास्त्र, कम्प्युटर विज्ञान, मानविकी, शिक्षा, कानुन, आन्तरिक डिजाइन, वाणिज्य, व्यापार लगायत विभिन्न क्षेत्रहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।

यस विश्वविद्यालयमा एक सय भन्दा बढी कार्यक्रमहरूमा २० भन्दा बढी देशका विद्यार्थी अध्ययनरत छन्। ३९ हजार भन्दा बढीलाई उच्च शिक्षा प्रदान गरेको संस्थाका २५ वटा सेन्टर अफ एक्सिलेन्स छन्।

मानव रचनासँग रहेको करियर डेभलप्मेन्ट सेन्टरले विद्यार्थीहरूलाई अध्ययन पश्चात रोजगारीको अवसरहरू उपलब्ध गराउन मद्दत गर्दै आएको छ।

प्रकाशित: २०८० फाल्गुण १८ गते शुक्रबार ११:४१
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना