२०८३ कार्तिक २३ गते आईतबार

विपश्यना ध्यान गरेका बन्दीलाई गृहमन्त्रीको सुझाव– जीवन परिवर्तनको ‘गहना’लाई अनुकरण गरिरहनुहोला

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १९
narayan kaji

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपश्यना ध्यानले जीवन रुपान्तरण गर्न सघाउ पुर्‍याउने भएकाले जीवनपर्यन्त ध्यानको अभ्यास गर्न कैदीबन्दीलाई सुझाव दिएका छन्। लतिलपुरको नक्खु कारागारमा नेपाल विपश्यना केन्द्रद्वारा सञ्चालित १० दिने ध्यान शिविरको आज समापनका अवसरमा उनले हरेक दिन विपश्याना ध्यानको अभ्यासमा लाग्न कैदीबन्दीलाई अनुरोध गरे।

‘ध्यानले तपाईहरुलाई कारागार छाडेपछि असल जीवनयापन गर्न सहयोग पु¥याउँछ, हिजो के भयो त्यो बिर्सनुस्, अब समाजमा फर्कदा यहाँहरु अरुभन्दा असल हुनुहुन्छ’, ध्यानले कैदीबन्दीको जीवनमा रुपान्तरण ल्याउने उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘असल नागरिक बन्ने प्रक्रियामा ध्यान अभ्यासले धेरै नै सहयोग पु¥याउने छ, तपाईंहरु त्यसतर्फ अघि बढ्नुहोला।’

ध्यानमार्फत आफूलाई हेर्ने, चिन्ने र फेर्ने प्रक्रियाको विधिद्वारा सुसज्जित गर्न सकियो भने सिङ्गो समाजलाई नै परिवर्तन गर्न सकिने उनको भनाइ छ। ‘यहाँहरुले जीवन परिवर्तनको गहना प्राप्त गरेका छन्र, त्यसलाई सदैव अनुकरण गरिरहनुहोला’, उनले भने, सरकार कैदीबन्दीको कारागार जीवन सहज बनाउन, श्रमको सदुपयोग हुने स्थिति बनाउन तथा मानसिक र शारीरिक स्वास्थ्य राम्रो बनाउन क्रियाशील रहेको उल्लेख गर्दै उनले कैदीबन्दीलाई रुपान्तरण गर्ने, जीवन फेर्ने अभियान चलाउन खोजिएको बताए। ‘जेलभित्र पनि ध्यान शिविर चलाउने त्यसकै कदम हो, सबै बन्दीलाई ध्यान विधिद्वारा जीवन रुपान्तरण गराउन लागिएको छ’, उनले भने,

ध्यान कार्यक्रममा सुरुआतको अनुभव समापनसम्ममा सुखद्मा परिणत हुने सुनाउँदै उनले एकपटकको ध्यानले मात्र जीवन रुपान्तरण नहुने बताए। ‘शिविरले विधि सिकाएको छ, अब आफैँले अभ्यास गर्नुपर्छ’, उनले भने, ‘गृह मन्त्रालयले मातहतका सबै निकायमा छोटो अवधिको ध्यान अभ्यासलाई अघि बढाएको छ।’ कारागारमा पर्याप्त समय लिएर चलाइएको विपश्याना ध्यान कार्यक्रमले कैदीबन्दीको जीवनमा रुपान्तरण ल्याउने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अब दैनिक यसको अभ्यास गर्न सुझाव दिए। ‘ध्यान आफ्नो जीवन रुपान्तरणका लागि नै गरिने हो, ध्यानले स्वअनुसाशित हुन सिकाउँछ’, उनले भने, ‘बन्दीको जीवनमा रुपान्तरण आउँदा समाज र देशलाई फाइदा हुन्छ, पहिलो फाइदा भने बन्दीलाई नै हुन्छ।’

वर्तमान सरकार मुलुकलाई राजनीतिक परिवर्तन अधिकार प्राप्तिका क्षेत्रमा मात्रै सीमित हुन नदिइ समाज रुपान्तरणमा अघि बढाउन खोजिरहेको बताए । ‘राजनीतिक परिवर्तनलाई माध्यम र साधन बनाएर सिङ्गो समाजको रुपान्तरण गर्नुपर्छ भनेर सरकार क्रियाशील छ’, उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘शिक्षा, स्वास्थ्य, रोजगारीलगायत आधारभूत आवश्यकता पूरा गरेर जनताले नयाँ जीवन पाउनुपर्छ, सरकारको ध्यान यसतर्फ छ।’

उपप्रधानमन्त्री श्रेष्ठले यही फागुन ८ गते नक्खु कारागारमा ध्यानकेन्द्रको उद्घाटन गरेका थिए। विपश्याना ध्यान केन्द्रको लगानीमा उक्त ध्यानकेन्द्र निर्माण गरिएको कारागार कार्यालयका प्रमुख कल्पना घिमिरेले जानकारी दिइन्। १० दिनसम्म चलेको सो ध्यान शिविरमा तीन सुरक्षाकर्मीसहित ४८ कैदीबन्दीले सहभागिता जनाएका थिए।

नेपाल विपश्यना केन्द्रले देशभरि १९ ध्यानकेन्द्र निर्माण गरेको छ । नक्खु कारागार ध्यान केन्द्र तीन महिनाको तयारीपछि सञ्चालनमा आएको हो। केन्द्रले १६ देशका कारागारमा शिविर सञ्चालन गरिसकेको विपश्यना ध्यानकेन्द्रका क्षेत्रीय आचार्य डा. रुप ज्योतिले जानकारी दिए।

प्रकाशित: २०८० फाल्गुण १९ गते शनिवार ०४:३५
प्रतिक्रिया

थप समाचार

आज कुकुर तिहार, कुकुरलाई पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइँदैछ। कुकुरलाई यमराजको दूत तथा मानिसको विश्वासिलो साथीका रूपमा सम्मान गर्दै आज देशभर पूजा गरेर कुकुर तिहार मनाउन लागिएको हो। हिन्दू...

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना