२०८३ कार्तिक १६ गते आईतबार

‘निशान पदमार्ग’ : खाेजिँदै २ सय वर्ष पुरानाे इतिहास

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २२
jjj

फिक्कल (इलाम)- इलाममा करिव २ सय वर्षअघिको युद्ध इतिहास खोज्न थालिएको छ। सुगौली सन्धिपश्चात तत्कालीन नेपाली सेनाले इलाम सदरमुकामसम्म निशान ल्याउन प्रयोग गरेको मार्ग पहिचान गरी ‘निशान पदमार्ग’को रूपमा प्रवर्द्धन र विकास गरिने भएको छ।

इलाम सदरमुकामस्थित नेपाली सेनाको रणशार्दुल गणको पहलमा भारतको मिरिकस्थित नागरीगढीबाट करफोकको पूर्णेडाँडा, नामसालिङ हुँदै इलाम नगरपालिका–७ स्थित माईस्थान मन्दिरमा निशान ल्याउन प्रयोग भएको नेपाली भूभागको मार्ग पहिचान गरी ‘निशान पदमार्ग’का रूपमा विकास गर्न लागिएको हो।

गणपति प्रलाद घलेको पहलमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका प्रमुख, पदमार्गले छुने पालिका इलाम र सूर्योदय नगरपालिका तथा माईजोगमाई गाउँपालिकाका प्रमुखहरूको बैठकले त्यस्तो निर्णय गरेको हो।

‘सम्बन्धित स्थानीय तहहरूको पहलमा जनप्रतिनिधि र स्थानीय बासिन्दासँगको समन्वयमा निशान ल्याउँदा प्रयोग भएको मार्गलाई निशान पदमार्गका रूपमा विकास गर्न आ–आफ्नो क्षेत्रभित्र पर्ने इलाकाको पहिचान गर्न सम्बन्धित पालिकाले नेतृत्व गर्ने निर्णय भएको छ’, गणपति घलेले भने, ‘सो बाटोको पहिचान गर्न एक समिति गठन गरी कार्यप्रारम्भ भएको छ।’

समितिले पहिचान गरेको स्थानहरूमा ऐतिहासिक महत्व झल्किने किसिमका प्रवर्द्धनात्मक सामग्री तयार गर्न पालिका र नेपाल पर्यटन बोर्डसँग समन्वय गरिने उनले बताए। ‘निशान पदमार्ग’का लागि पर्यटन बोर्डले १० लाख विनियोजन गरेको उनले जानकारी दिए।

इलामको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाको खोज, पहिचान, संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले निशान पदमार्गलाई विकास गर्न खोजिएको गणपति घलेले बताए। ‘इतिहासको संरक्षणमा ठोस योगदान पुग्नेछ, इलामवासीको धार्मिक र सांस्कृतिक आस्थाको केन्द्रको रूपमा रहेको माईस्थान मन्दिर क्षेत्रको महत्व बढ्नेछ’, उनले भने, ‘समग्रमा इलामको पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पार्नेछ।’

‘निशान पदमार्ग’ निर्माणका लागि इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकाले चासो देखएका छन्। सूर्योदय नगरपालिका उपप्रमुख दुर्गाकुमार बरालले आफ्नो नगरपालिकाका भू–भागभित्र निशान ल्याइएको मार्ग पहिचान गर्न प्रारम्भिक अध्ययन सुरु गरिएको बताए। ‘हामीले एकपटक समन्वय बैठक बसेर निशान ल्याइएको मार्ग पहिचान गर्न अध्ययन सुरु गरिसकेका छौँ’, बरालले भने, ‘पमदमार्गसहित गढीसमेत राख्ने पहल गरिरहेका छौँ।’

माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेले विस्तृत योजना बनाएर जाने तयारीमा रहेको बताए। ‘पदमार्गले अकुपाइ गर्ने जग्गा व्यवस्थापन गर्ने जिम्मा सम्बन्धित पालिकालाई दिएर जानुपर्छ’, उनले भने, ‘इतिहासको खोजी गरी पर्यटनको विकासमा समेत टेवा पुर्‍याउने यस्तो काममा माईजोगमाई गाउँपालिका सधैँ तत्पर छ।’

सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल-भारत सीमा कायम भएको बताएएको छ। यसपछि मिरिकस्थित नागरीगढीमा रहेको श्रीनाथ सिंह पल्टन अहिलेको इलाम सूर्योदय नगरपालिकाको करफोकस्थित पूर्णेडाँडामा आएर बसेको इतिहास छ।

मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भू-भाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भयो। सम्झौता कार्यान्वयन गर्दै सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम करफोक ल्याएका बताइएको छ।

पूर्णेडाँडा भारतीय सीमानजिक भएको र अङ्ग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्नेक्रममा माईजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार हुँदै श्रीनाथ सिंह पल्टन इलाम– ७ स्थित माईस्थान मन्दिर ल्याइएको थियो। माईस्थान मन्दिर विसं १८८० स्थापना भएको अनुमान छ। हाल निशान सोही मन्दिरमा संरक्षण गरी राखिएको छ।

प्रकाशित: २०८० फाल्गुण २२ गते मङ्गलबार ०९:३९
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना