२०८३ कार्तिक १६ गते आईतबार

सीएनएन गन्तव्यमा परेको नाम्जेलाई साख जोगाउनै चुनौती

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २२
namje

धनकुटा- अमेरिकाको समाचार संस्था ‘सिएनएन’को विश्वको घुम्नैपर्ने आठौँ पर्यटकीय गन्तव्यहरूको सूचीमा रहेको धनकुटाको नाम्जे गाउँ अहिले आफ्नो साख जोगाउने सङ्घर्षमा छ।

भारतीयमूलका अमेरिकी नागरिक राजीव गोयलको पहलमा सिएनएनले विसं २०६८ मा आफूले घोषणा गरेको विश्वका १२औँ गन्तव्यमध्ये नाम्जे गाउँलाई आठौँ गन्तव्य सूचीमा राखेको थियो।

जिल्लाको सागुरीगढी गाउँपालिका–६ स्थित सो गाउँलाई सिएनएन टोलीले स्थलगत भ्रमण गरेपछि विभिन्न नौ सूचकका आधारमा नाम्जेलाई आफ्नो गन्तव्य सूचीमा राखेको थियो।

सो समयमा सिएनएनले नाम्जे क्षेत्रका आत्मघर, नाम्जे विद्यालय, पम्पिङ खानेपानी, विभिन्न एफएम टावरहरू, मगर जातिको हुर्रा नाच, हात्तीसुँडे झरना, लोप्सेडाँडा, सूर्योदय बुद्धबिहार र अर्गानिक गाउँलाई आधार मानेर नाम्जेलाई आठौँ गन्तव्य घोषणा गरेको थियो।

तर समय क्रमसँगै भएका विकास र परिवर्तनका कारण आठ सूचकहरू यथावत रहेपनि अर्गानिक नाम्जे गाउँ भने क्रमशः सहरमा परिणत भएपछि नाम्जेलाई आफ्नो सूचक जोगाउने सङ्कट आइपरेको छ।

विश्वको गन्तव्य सूचीमा परेको चर्चाका कारण यहाँ घुम्न आउने पर्यटकको सङ्ख्यामा एकाएक वद्धि भएर व्यापारिक चहलपहल बढेपछि नाम्जेगाउँ सहरोन्मुख भएको स्थानीय गोविन्दबहादुर मगरले जानकारी दिए। ‘सुरुमा दुई–चारजनाले होटल खोल्दा खुब चले’, उनले भने, ‘त्यसपछि प्रतिस्पर्धा सुरु भएर नाम्जेगाउँको सडक क्षेत्रमा पक्की होटलको सङ्ख्या बढेर गयो।’

उक्त समयमा कङ्क्रिटका होटल बनाउने कुरामा बृहत् बहस भए पनि निजी स्वामित्वमाथि कसैले हस्तक्षेप गर्न नमिलेको कारण नाम्जेको सडक क्षेत्र सहरमा परिणत भएको मगरले जानकारी दिए।

पर्यटकको बाक्लो आवागमन र व्यापारिक चहलपहलका कारण बैंकले पनि नाम्जेमा तीव्र लगानी गरेका कारण नाम्जेमा क्रमश होटलका लागि ढलान घर बन्न सुरु भएको ५१ वर्षीय मगरले जानकारी दिए।

अहिले नाम्जेको सडक क्षेत्रमा पर्यटकलाई लक्षित गरेर बनाइएका २५ भन्दा बढी सुविधासम्पन्न होटलमध्ये २० भन्दा बढी स्थानीयवासीको रहेको उनले जानकारी दिए।

सागुरीगढी–६ वडाका वडाध्यक्ष दीपक मगरले निजी स्वामित्वमा जमिनमा अरुले हस्तक्षेप गर्न नमिल्ने भएका कारण नाजे गाउँ सहरमा परिणत हुनु स्वाभाविक रहेको जिकिर गरे।

उनले प्रतिप्रश्न गर्दै भने, ‘पैसा कमाएर आफ्नो जग्गामा बिल्डिङ बनाउँछुभन्दा अब छाप्रोमै बस भन्न मिल्छ त?’

नाम्जेको विकासमा एकरुपता नभए पनि नाम्जेलाई गाउँ र सहरी क्षेत्रमा विकास गर्न आपसी समझदारीमा स्थानीयवासी अघि बढिरहेको ग्रामीण जनता मावि नाम्जेका प्रधानाध्यापक तथा स्थानीय टङ्क भुजेलको भनाइ छ।

बाँकी भएको गाउँलाई अर्गानिक गाउँका रुपमा बचाउन अहिले ग्रामीण क्षेत्रका स्थानीय घरबास सेवा (होमस्टे) तथा अर्गानिक खेतीमा लागिरहेको उनले जानकारी दिए।

समयको माग र स्थानीयमा सहमति जुट्न नसके पनि यहाँका गाउँवासी होमस्टेमार्फत अर्गानिक गाउँ बचाउन लागिपरेको नाम्जे थुम्की सामुदायिक होमस्टेका सचिव तुफान मगरले जानकारी दिए।

नाम्जेमा अहिले दैनिक एक सय ५० जनालाई सेवा दिने क्षमताको ३५ मगर जातिको घरबास (होमस्टे) सेवा सञ्चालनमा रहेको छ। यसमा अहिले नाम्जेमा दर्ता भएका १९ सहित २५ वटा होमस्टेले यहाँ उत्पादित अर्गानिक सब्जी, खानपान, पेय पदार्थ र हुर्रानाचलगायत सेवा दिइरहेको उनले उल्लेख गरे।

चिसो मौसममा पर्यटक आउन केही कमी आएर होमस्टेमा दैनिक १५–२० जना आए पनि शुक्रबार र शनिबार भरिभराउ हुने होमस्टेका अध्यक्ष अनिल मगरले जानकारी दिए।

यहाँ निर्मित आधुनिक होटलभन्दा होमस्टेमा बसेर जान मन पराउने भएकाले होमस्टेमा गर्मीमा दैनिक दुई हजारभन्दा माथि र जाडोमा पाँच सयसम्म पर्यटक आउने गरेको उनको भनाइ छ।

नाम्जेलाई पुरानै अर्गानिक गाउँका रूपमा समृद्ध बनाएर लाने सम्भावना टरेर गए पनि बाँकी रहेको ग्रामीण क्षेत्रलाई अर्गानिक गाउँका रूपमा विकास गर्न पालिका लागिरहेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए।

पालिकाले यहाँको घरबास सेवा प्रवर्द्धन, अर्गानिक खेती विस्तार तथा मगर जातिको कला, संस्कृति जगेर्नाको क्षेत्रमा काम गरिरहेको बताए।

पूर्वकै प्रमुख पर्यटकीय नगरी भेडेटारबाट एक किमीपूर्व निर्माणाधीन भेडेटार–रवी–राँके राजमार्गमा रहेको मगर जातिको बाहुल्यता रहेको यो गाउँ आज पनि उनीहरुको घरबास सेवा र हुर्रानाचले प्रख्यात छ।

बाह्रै महिना चिसो मौसमसँगै एकैसाथ हिमाल पहाड र तराई हेर्न सकिने चुरे पहाडमा अवस्थित नाम्जे गाउँको ग्रामीण जीवन शैली, मगर जातिको संस्कृति र उनीहरूको मीठो आतिथ्यता यहाँको अर्को मुख्य आकर्षण हो।

प्रकाशित: २०८० फाल्गुण २२ गते मङ्गलबार १२:०८
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना