२०८३ कार्तिक २३ गते आईतबार

जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवर्द्धन आयोजना

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २५
apryatanparbadhan

काठमाडौँ- जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ। त्यहाँ आयोजित विश्वकै ठूलो पर्यटन व्यापार मेला ‘आइटिबी’ बर्लिन २०२४ मा नेपालको पर्यटन प्रवर्द्धन गरिएको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले जनाएको छ। पाटा नेपालले नेपालको पर्यटन व्यवसायमा आबद्ध निजी क्षेत्रका ४० विविध पर्यटन र हस्पिटालिटी व्यावसायिक कम्पनीसँगको सहकार्यमा यही फागुन २२ देखि २४ गतेसम्म आयोजित आइटिबी बर्लिनमा सहभागिता जनाएको हो।

पर्यटन उद्योगसम्बन्धी आयोजना भएको उक्त प्रवर्धनात्मक मेला विश्वकै सबैभन्दा ठूलो एवं अग्रिणी ‘ट्राभल ट्रेड शो’का रुपमा स्थापित कार्यक्रम हो। यस वर्ष सम्पन्न आइटिबी बर्लिनमा एक सय ७० देशबाट पाँच हजार पाँच सयभन्दा बढी बिक्रेता तथा प्रदर्शक कम्पनीसहित विश्वभरिबाट पर्यटनकर्मी, पर्यटन उद्योगका क्रेता र व्यापार आगन्तुकलाई आमन्त्रण गरिएको थियो। आइटिबी बर्लिन २०२४ को आधिकारिक प्रायोजक देश ओमानले औपचारिक उद्घाटन कार्यक्रममा भब्य प्रस्तुतिसहित ओमानलाई एक आकर्षक गन्तव्यको रुपमा प्रवर्द्धन गरी उपस्थित सम्पूर्ण विश्वव्यापी पर्यटन सरोकारवालालाई भ्रमणका लागि आह्वान गरेको थियो।

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले नेपाल प्याभिलियनको उद्घाटन गर्दै देशको पर्यटन प्रवर्द्धनका लागि विश्वको सबैभन्दा ठूलो प्लेटफर्ममा नेपालको महत्वपूर्ण र प्रभावशाली उपस्थिति सुनिश्चित गरेको जनाउँदै व्यवसायीलाई धन्यवाद ज्ञापन गरे।

मेसे बर्लिनमा अवस्थित प्रदर्शनी मैदानमा रहेको नेपालको नियमित स्थान, हल ५.२ स्ट्यान्ड १२७ मा केन्द्रमा स्तुपासहित पर्यटकीय आकर्षणले सुसज्जित नेपाल प्याभिलियनअन्तर्गत साहसिक टुर अपरेटरहरू, एयरलाइन्स, होटल व्यवसायी, टुर अपरेटर, पर्वतारोहण, पदयात्रा, र एक्सपिडिसन अपरेटरहरूका साथै वेलनेश तथा स्वास्थ्य पर्यटन उद्यमले नेपालमा ट्रान्स्फÞोर्मटिभ, इमर्सिभ र अविस्मरणीय जीवन्त अनुभव प्रदान गर्ने विभिन्न पर्यटकीयउपज र सेवाको प्रवर्द्धन गरेका छन्।

पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरले आइटिबी बर्लिनमा नेपालको प्रतिनिधित्व सुनिश्चित गर्न सहभागी सबै नेपाली पर्यटन व्यवसायीलाई सक्रिय सहभागिता लागि धन्यवाद व्यक्त गरे। मेलाको माध्यमबाट नेपालको छवि उच्च राख्दै देशको पर्यटनको बजारीकरण र प्रवर्द्धनका लागि पाटा नेपालले भूमिका निर्वाह गर्न पाउँदा खुसी व्यक्त गर्दै नेपालमा दिगो पर्यटन विकासमा सक्रिय रहने प्रतिबद्धता जनाए।

मेलामा सहभागी वरिष्ठ पर्यटन व्यवसायी तथा कोरा टुर्सका कार्यकारी व्यवस्थापक विजय अमात्यले नेपालको प्रभावशाली प्रस्तुति, सहभागीको उच्च सङ्ख्या र स्ट्यान्डको आकर्षक सजावटले विश्वको ध्यानाकर्षण भएको उल्लेख गरे।

प्रकाशित: २०८० फाल्गुण २५ गते शुक्रबार ०६:५१
प्रतिक्रिया

थप समाचार

व्यापारी गाउँमै पुग्दा स्याउ किसानले पाए राम्रो मूल्य

मुगु: हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउ खेती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ। तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण दाना झर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा...

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

मुस्ताङ: तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ। तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेका हुुन्। यस...

भोटे कुकुर: भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन्। बीस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किनुभएका ५० वर्षीय छन्त्यालले...

तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरूको भिड (फोटो)

तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ। असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको...

तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ। तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ। चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना