२०८३ कार्तिक १२ गते बुधबार

बालेनले उठाएका एजेन्डाबारे छलफल गर्दै सरोकारवाला मन्त्रालय

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख ५
balen

काठमाडौँ- सिंहदरवारको फोहोर नउठाएको विषयमा सरोकारवाला मन्त्रीले मंगलबार (आज) छलफल गर्दैछन्। महानगरका मेयर बालेनले फोहोर उठाएर उठाएका एजेन्डाका विषय केन्द्रित रहेर सरोकारवाला मन्त्रालय र मन्त्रीहरूसँग छलफल गरिने सहरी विकासमन्त्री सीता गुरूङले बताइन्।

सहरी विकास मन्त्रालयको समन्वयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरी र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीबीच छलफल हुन लागेको हो।

मेयर बालेनले गत चैत अन्तिम साता संघीय सरकारका १४ वटा मन्त्रालयले विभिन्न काम अघि बढाउन सहयोग नगरेको भन्दै सिंहदरबारको फोहोर उठाउन बन्द गरेका थिए। त्यसै विषयमा छलफल केन्द्रित हुने बताइएको छ।

उता सिंहदरवारको फोहोर नउठाएको विषयमा सर्वोच्च अदातलमा रिट परेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको रिटमा मंगलबार नै सुनुवाइ हुँदैछ। मेयर बालेनले चैत २५ गते सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए। उनले सिंहदरवारका नेताहरूलाई सिसडोलमा ‘डम्प’ गर्नुपर्ने बताएका थिए।

चैत २६ गतेदेखि सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र राष्ट्रपतिको कार्यालय शीतलनिवासको फोहोर महानगरले उठाउन बन्द गरेको छ। अधिवक्ता पदमबहादुर श्रेष्ठले मेयर बालेनको निर्णयविरुद्ध सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रकाशित: २०८० बैशाख ५ गते मङ्गलबार १०:४१
प्रतिक्रिया

थप समाचार

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...

किसानलाई दूधको उचित मूल्य खोइ?

दाङ: यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध...

दशैँको टीका लगाउने आज अन्तिम दिन, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ: आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज देशभर मनाइँदै छ। हिन्दू धर्मावलम्बीहरूले विशेष धार्मिक महत्वका साथ मनाउने कोजाग्रत पूर्णिमासँगै नेपालीहरूको महान् चाड...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना