२०८३ कार्तिक २३ गते आईतबार

मदन भण्डारी राजमार्गले चुरे फेदीका बासिन्दा लाभान्वित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २६
ss

बेलबारी (मोरङ)- मदन भण्डारी राजमार्गले भित्री मधेसका साथै चुरे फेदीका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित भएका छन्। पूर्व–पश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गका साथै मदन भण्डारी राजमार्गले मुलुकको पूर्वी–पश्चिमी भेगलाई जोडीरहेको छ।

पूर्वी नेपाल इलामको पाटापुरदेखि पश्चिम नेपालको डडेल्धुराको रुपालसम्म करिब १ हजार २५० किलोमिटर लामो मदन भण्डारी राजमार्गले व्यापार व्यवसाय र जग्गाको मूल्य मात्र वृद्धि भएको छैन, कृषि क्षेत्रलाई पनि उत्तिकै महत्व दिएको छ। सडक निर्माण भएसँगै गाउँमा उत्पादित सामग्री बजारसम्म पु¥याउन किसानलाई सहज भएको छ।

विसं २०६५ भदौमा सप्तकोशीको बाढीबाट बस्ती जोगाउन लगाइएको तटबन्ध सुनसरीको पश्चिम कुसाहा भान्टाबारी नजिक फुटेपछि झण्डै ६ महिनासम्म कोशी वारिपारि गर्न छिमेकी मुलुक भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता बनेको थियो। एउटा मात्र राजमार्ग हुँदा त्यसमा कुनै समस्या आए समग्र यातायात अवरुद्ध हुने हुँदा त्यसको विकल्पमा मदन भण्डारी राजमार्ग निर्माण गर्न थालिएको मोरङ क्षेत्र नं १ का सांसद डिगबहादुर लिम्बू बताउँछन्। मदन भण्डारी राजमार्गले मोरङको उत्तरी भेगमात्र नभएर समग्र प्रदेशकै विकास निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ।

मोरङको उत्तरी भेगका मिक्लाजुङ गाउँपालिका, लेटाङ नगरपालिका र केराबारी गाउँपालिका जोडेको यो राजमार्गमा तीनवटा पालिमा मात्रै १७ पक्की पुल निर्माण भइसकेका मोरङ क्षेत्र नं १ का पूर्वसांसद घनश्याम खतिवडाले बताए।

‘बीस वर्षअघिदेखि नै चुरे फेदीमा वैकल्पिक मार्गको आवश्यकता महसुस गरेर स्थानीय र जिल्ला विकास समितिको बजेटबाट बाटोको सामान्य ट्र्याक खोल्ने कार्य सुरु गरेका थियौँ। पछि राष्ट्रिय गौरवको योजनाका रुपमा राजमार्ग बन्ने भएपछि उत्साहित छौँ’, उनले भने।

दुई लेनको मदन भण्डारी राजमार्ग मेची खोलादेखि सुनसरीको धरान–चतरा, उदयपुरको गाईघाट–कटारी, सिन्धुलीको सिन्धुलीमाढी, मकवानपुरको हेटौँडा, नवलपरासीको गैँडाकोट, पाल्पाको रामपुर, गुल्मीको रिडी–तम्घास, प्युठानको बागदुला–देवीस्थान, दाङको घोराही–तुलसीपुर–पुरनधारा, सुर्खेतको बोटेचौर–बड्डीचौर, डोटीको सिमचौर–बीपीनगर, कैलालीको सहजपुर–बुडर हुँदै डडेल्धुराको रुपालसम्म पु¥याउने काम भइरहेको छ।

सरकारको प्राथमिकतामा रहेकै कारण राजमार्गको कामले तीव्रता पाएको छ। कोशी प्रदेशका झापा, इलाम, मोरङ, सुनसरी र उदयपुर जिल्लालाई यसले छोएको छ। राजमार्ग आयोजना कार्यालयले सातवटा प्याकेजमा पूर्वीखण्डको ९५ दशमलव आठ किलोमिटर सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ। पहिलो खण्ड सर्दु–भलुवाको २४ दशमलव आठ किलोमिटर सडक रु ९३ करोड ३३ लाखमा ठेक्का लागेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलले बताए।

यस्तै दोस्रो खण्ड भलुवा खोला–बेलडाँगीको २८ किलोमिटर सडक रु एक अर्ब चार करोडमा ठेक्का लागेको छ। यी दुवै खण्डका लागि २०७८ असारमा ठेक्का सम्झौता भएको थियो। दुवै ठेक्काको म्याद म्याद २०८१ पुससम्म थपिएको छ। यस अवधिमा पहिलो खण्डको भौतिक प्रगति ६५ प्रतिशत तथा वित्तीय प्रगति ५० प्रतिशत भएको प्रमुख खकुरेलले बताए।

यसैगरी दोस्रो खण्डको काम ५३ प्रतिशत तथा वित्तीय प्रगति ५१ प्रतिशत भएको छ। ‘सरकारले न्यून बजेट उपलब्ध गराएका कारण काम सुस्त गतीमा भइरहेको छ , सोचेअनुरूप प्रगति गर्न सकिएको छैन’, प्रमुख खकुरेलले भने।

दैनिकजसो हजारौँको सङ्ख्यामा सवारी साधन ओहोरदोहोर हुने उक्त राजमार्गमा होटल व्यवसायका साथै अन्य व्यवसाय पनि उत्तिकै फस्टाएको छ। केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष किशन साही मदन भण्डारी राजमार्गका कारण स–साना बजार पनि व्यापारिक केन्द्र बन्न थालेका बताउँछन्।

प्रकाशित: २०८० फाल्गुण २६ गते शनिवार ०९:०२
प्रतिक्रिया

थप समाचार

व्यापारी गाउँमै पुग्दा स्याउ किसानले पाए राम्रो मूल्य

मुगु: हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउ खेती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ। तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण दाना झर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा...

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

मुस्ताङ: तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ। तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेका हुुन्। यस...

भोटे कुकुर: भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन्। बीस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किनुभएका ५० वर्षीय छन्त्यालले...

तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरूको भिड (फोटो)

तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ। असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको...

तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ। तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ। चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना