काठमाडौँ- सचिवमा एकनारायण अर्याललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट सचिव अर्याल सरुवा भएर गृहसचिव बनेका हुन्।
गृहसचिव दिनेश भट्टराईलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ।
अर्यालसँग श्रमसचिवको कार्यभार पूरा गरेको अनुभव छ।
रास्वपा सभापति रवि लामिछाने गत सोमबार गृहमन्त्री बनेसँगै गृहसचिवमा अर्याललाई रोजेका हुन्।


